"नारी / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
कति रूप लिएँ यो जीवनमा | कति रूप लिएँ यो जीवनमा | ||
कति रूप लिनेछ अकै पनि | कति रूप लिनेछ अकै पनि | ||
पंक्ति 17: | पंक्ति 16: | ||
म नारी | म नारी | ||
मलाई बाँच्न देऊ कतै नारी भई । | मलाई बाँच्न देऊ कतै नारी भई । | ||
+ | |||
छोरी मात्र नसम्झ मलाई | छोरी मात्र नसम्झ मलाई | ||
नबोलाऊ खालि बहिनी भनी | नबोलाऊ खालि बहिनी भनी | ||
पंक्ति 32: | पंक्ति 32: | ||
स्वेच्छाको आमन्त्रण पर्ख अब | स्वेच्छाको आमन्त्रण पर्ख अब | ||
बाँच्न चाहन्छौ भने मसित । | बाँच्न चाहन्छौ भने मसित । | ||
+ | |||
मेरो लक्ष्य | मेरो लक्ष्य | ||
तिमीमा मात्र हुन सक्दैन | तिमीमा मात्र हुन सक्दैन |
21:30, 7 सितम्बर 2024 के समय का अवतरण
कति रूप लिएँ यो जीवनमा
कति रूप लिनेछ अकै पनि
म छोरी, बहिनी
प्रेमिका, पत्नी, जननी
तिमीझैँ बाँच्न जन्मेकी
एउटा शरीर, एक प्राण
म नारी
मलाई बाँच्न देऊ कतै नारी भई ।
छोरी मात्र नसम्झ मलाई
नबोलाऊ खालि बहिनी भनी
नसोच प्रेमिका मात्र
नरोज केवल पत्नी मानी
जननीमा पनि मेरो पूर्ण पहिचान छैन
त्यहाँ त
मेरो गर्भ कब्जाएर
मनमानी गरेका छौ तिमीले
मेरो जीवनसित ।
ए निरङ्कुश शासक ! मेरो अस्तित्वको
बेदखल गर्न चाहन्छु म
तिमीलाई आफ्ना सिमानाबाट
स्वेच्छाको आमन्त्रण पर्ख अब
बाँच्न चाहन्छौ भने मसित ।
मेरो लक्ष्य
तिमीमा मात्र हुन सक्दैन
जीवनको लेखाजोखा गर्दा
केही अर्थ, केही सन्तोष चाहिन्छ
मलाई पनि बाँच्नलाई ।
सम्मान गर मेरो अस्तित्वको
म पनि तिमीझैँ
बाँच्न जन्मेकी
बाँच्न चाहने
एउटा प्राणी
मेरो जीवन कसैको सम्पत्ति हैन।