भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"दोबाटोको गहिरो शून्यता / मौन आवाज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
मैले जुन रातलाई
+
जङ्गलबाट फर्किरहेका चराहरूका गीतहरूलाई
गहिरो अन्धकार भनेको थिएँ
+
दोबाटोमा भेटेँ !  
मानिसहरूले त्यही रातलाई पूर्णिमा भनेका छन् !
+
  
मैले छोएका सारा यथार्थहरूलाई
+
सुकेका पातका मैला जड्यौरी ओडेर
मानिसहरूले वर्जित विषय मानेका छन् ।
+
सहरतिर
 +
आफन्तहरू खोज्न हिँडेका
 +
आदिवासी रुखका जराहरूलाई पनि –
 +
दोबाटोमा भेटेँ !
  
आगोको स्नान
+
गाउँकी फुलमायाको बैंश सापटी मागेर
हिउँ पहिरोको कठ्याङ्ग्रिदो स्पर्श हो भनेको थिएँ
+
बेतोड कुदिरहेको हुरीलाई पनि –
मानिसहरूले पत्याएका छैनन् ।
+
दोबाटोमै भेटेँ !
  
पानीको आवश्यकता सम्भोगभन्दा ज्यादा आवश्यक छ
+
दीर्घ रोगको उपचार गर्न हिँडेको पहाडलाई
त्यसपछि सुतौँला भनेको थिएँ, मानिसहरू निदाइसकेछन् ।
+
सुत्केरी नदीलाई
 +
कुपोषणग्रस्त गाउँ –बस्तीहरूलाई
 +
दोबाटोमै भेटेँ !
  
रातो रंग
+
युगभरीका अनगिन्ती विधवा आइमाईहरूलाई
रंग होइन रगत हो भनेको थिएँ
+
अनाथ बालबालिकाहरूलाई
मानिसहरूले विश्वास गरेका छैनन् ।
+
वृद्ध/वृद्धाहरूलाई –
 +
दोबाटोमा भेटेँ !
  
घाँस उखेल्नुपूर्व
+
परलोकबाट घर खोज्दै आएका
मस्तिष्कमा नैतिक सफाई जरुरी छ भनेको थिएँ
+
मृत आत्माहरूलाई पनि –
मानिसहरू हाँसिरहेका छन् ।
+
दोबाटोमा भेटेँ !
  
सपनाको अर्थ जीवनको सम्झौता होइन भनेको थिएँ
+
आकाशतिर हेर्दै बसेका घामकिरीहरूका स–साना आँखाहरू
मानिसहरू कता हो कता पुगिसकेछन् !
+
र तिनका साहासी उडानहरू
 +
वर्षातमा हिलाम्य दहहरूबाट पुच्छर हल्लाइरहेका
 +
चेपागाँडाहरू
 +
अनौठो रसायन बाल्दै रात–रातभर घिस्रीरहेका जंगली गड्यौलाहरू
 +
गर्भवती मृग
 +
र भोको बाघलाई पनि दोबाटोमा भेटेँ !
  
संसारलाई आँखिझ्यालबाट होइन
+
अर्काकी स्वास्नी झ्यालबाट भगाएर
हृदयको कोमलताबाट हेर्नुपर्छ भनेको थिएँ
+
केही क्षण –
मानिसहरू मुन्टो बटारिरहेका छन् ।
+
स्खलित हुन आएका सज्जन पुरुषहरू
 +
रोगी लोग्नेलाई कोठामा थुनेर
 +
गुप्ताङ्ग कन्याउन निस्केका भद्र महिलाहरूलाई पनि –
 +
दोबाटोमै भेटेँ !
  
लज्जा यौनाङ्ग छोप्नु होइन
+
कुखुरा चोरहरूलाई –
निर्लज्जता नग्नता होइन भनेको थिएँ
+
रङ्गेहात प्वाँख सहित
मानिसहरूले प्रतिवाद गरेका छन् !
+
गँजेडीहरूलाई –
 +
एकपोका गाँजा सहित
 +
खुँखार लुटेराहरूलाई –
 +
पेस्तोल सहित
 +
प्रेमीहरूलाई –
 +
अनन्त प्रेम सहित
 +
दोबाटोमै भेटेँ !
  
ईश्वर केवल एउटा अवधारणा हो भनेको थिएँ
+
लास जलाएर फर्केका मलामीहरूलाई
मानिसहरूले एकसाथ मलाई हमला गरेका छन् ।
+
नाच्दै हिँडेका – जन्तीहरूलाई
 +
दोबाटोमै भेटेँ !
  
अस्तित्व झुट हो
+
पुजारी
सत्यको सार्वकालिक महत्व हुँदैन भनेको थिएँ
+
र नामुद वेश्यालाई पनि –
मानिसहरूले मलाई लखेटेका छन् ।
+
दोबाटोमै भेटेँ !
  
सीमा र बन्धनहरू अमर्यादित नियमहरू हुन्
+
मुद्दा मामिलाहरूबाट फर्केका तनावग्रस्त मान्छेहरू
तिनलाई नाघेर सीमान्त छुन जाऊ भनेको थिएँ
+
कामबाट फर्केका मजदुरहरू
मानिसहरूले मलाई निर्घात कुटेका छन् ।
+
कमिसन खाइ आएका दलालहरू
 +
चामल बोकि आएका गृहिणीहरू
 +
स्कुलबाट फर्कंदै गरेका विद्यार्थीहरू
 +
र – देश बेचेर आएका नेताहरूलाई पनि –
 +
दोबाटोमै भेटेँ !
  
प्रेम संवेदना मायावी खेलौना हो भनेको थिएँ
+
ईश्वर जस्तो – हिंसा
मानिसहरूले मलाई पागल भनेका छन् ।
+
अक्षर जस्तो – रगत
 +
विचार जस्तो – हतियार
 +
चुपचाप –
 +
जीवनको गहिरो शुन्यता बोकेर हिँडेका
 +
जो जति भेटेँ दोबाटोमा –
 +
ती सबै मेरै अनुहारहरू थिए !
 +
बिल्कुल – दिशाहिन
 +
बिल्कुल – भ्रमित
 +
बिल्कुल – शाश्वत !
  
हिँड्नु र नहिँड्नुले यात्रा निर्माण गर्दैन
+
मैले –
लड्नु र उठ्नुले जीवन निर्माण गर्दैन ।
+
आफैँलाई दोबाटोमा भेटेँ !
 
+
केवल चेतनाले रुझेको मन मन हुन्छ
+
केवल विचारले भिजेको शरीर शरीर हुन्छ भनेको थिएँ
+
मानिसहरू मलाई उपहास गरिरहेका छन् ।
+
 
+
शून्य र चैतन्य एउटै रूप हो
+
नहुनु तर र भेटिनु अनुभूति हो भनेको थिएँ
+
मलाई मानिसहरूले सुनिरहेका छैनन् !
+
 
०००
 
०००
 
</poem>
 
</poem>

15:38, 12 सितम्बर 2024 के समय का अवतरण

जङ्गलबाट फर्किरहेका चराहरूका गीतहरूलाई
दोबाटोमा भेटेँ !

सुकेका पातका मैला जड्यौरी ओडेर
सहरतिर
आफन्तहरू खोज्न हिँडेका
आदिवासी रुखका जराहरूलाई पनि –
दोबाटोमा भेटेँ !

गाउँकी फुलमायाको बैंश सापटी मागेर
बेतोड कुदिरहेको हुरीलाई पनि –
दोबाटोमै भेटेँ !

दीर्घ रोगको उपचार गर्न हिँडेको पहाडलाई
सुत्केरी नदीलाई
कुपोषणग्रस्त गाउँ –बस्तीहरूलाई
दोबाटोमै भेटेँ !

युगभरीका अनगिन्ती विधवा आइमाईहरूलाई
अनाथ बालबालिकाहरूलाई
वृद्ध/वृद्धाहरूलाई –
दोबाटोमा भेटेँ !

परलोकबाट घर खोज्दै आएका
मृत आत्माहरूलाई पनि –
दोबाटोमा भेटेँ !

आकाशतिर हेर्दै बसेका घामकिरीहरूका स–साना आँखाहरू
र तिनका साहासी उडानहरू
वर्षातमा हिलाम्य दहहरूबाट पुच्छर हल्लाइरहेका
चेपागाँडाहरू
अनौठो रसायन बाल्दै रात–रातभर घिस्रीरहेका जंगली गड्यौलाहरू
गर्भवती मृग
र भोको बाघलाई पनि दोबाटोमा भेटेँ !

अर्काकी स्वास्नी झ्यालबाट भगाएर
केही क्षण –
स्खलित हुन आएका सज्जन पुरुषहरू
रोगी लोग्नेलाई कोठामा थुनेर
गुप्ताङ्ग कन्याउन निस्केका भद्र महिलाहरूलाई पनि –
दोबाटोमै भेटेँ !

कुखुरा चोरहरूलाई –
रङ्गेहात प्वाँख सहित
गँजेडीहरूलाई –
एकपोका गाँजा सहित
खुँखार लुटेराहरूलाई –
पेस्तोल सहित
प्रेमीहरूलाई –
अनन्त प्रेम सहित
दोबाटोमै भेटेँ !

लास जलाएर फर्केका मलामीहरूलाई
नाच्दै हिँडेका – जन्तीहरूलाई
दोबाटोमै भेटेँ !

पुजारी
र नामुद वेश्यालाई पनि –
दोबाटोमै भेटेँ !

मुद्दा मामिलाहरूबाट फर्केका तनावग्रस्त मान्छेहरू
कामबाट फर्केका मजदुरहरू
कमिसन खाइ आएका दलालहरू
चामल बोकि आएका गृहिणीहरू
स्कुलबाट फर्कंदै गरेका विद्यार्थीहरू
र – देश बेचेर आएका नेताहरूलाई पनि –
दोबाटोमै भेटेँ !

ईश्वर जस्तो – हिंसा
अक्षर जस्तो – रगत
विचार जस्तो – हतियार
चुपचाप –
जीवनको गहिरो शुन्यता बोकेर हिँडेका
जो र जति भेटेँ दोबाटोमा –
ती सबै मेरै अनुहारहरू थिए !
बिल्कुल – दिशाहिन
बिल्कुल – भ्रमित
बिल्कुल – शाश्वत !

मैले –
आफैँलाई दोबाटोमा भेटेँ !
०००