भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
 
म छुट्याउन सकिरहेको थिइनँ
उनीहरूका भाग्य र
उनीहरूले पछारेको घिनलाग्दो इतिहास
उनीहरूलार्इ उनीहरूलाई जिस्क्याइरहेको निर्लज्ज वर्तमानमध्ये
कुन ज्यादा नाङ्गो थियो,
कुन अधिक वीभत्स थियो
मैले बुझ्न सकिरहेको थिर्इनँ।थिइनँ।
तिनका अनुहारमा सन्तुष्टिजस्तै हँसाइ पोती
जब गुन्जिरहेथे स्वाभिमानमा उभिएका
ती उन्मुक्त आवाजहरू हाम्रो वरिपरि,
मलार्इ मलाई उदेक लागिरहेथ्यो।
"पानी पर्‍यो भने के गर्छौ?", सोधिरहेथे साथीहरू
"भरे के खान्छौ?", उत्तर थिएन उनीहरूसँग, हाँस्नुबाहेक अर्को।
मलार्इ मलाई रिस उठ्‍लाझैँ भइरहेथ्यो
मेरो बोली हराएझैँ गरिरहेथ्यो
जसरी तिनीहरू आफ्ना सपना हराइरहेथे।
नभोगेको खुसीमा हाँस्दै गरेका ती अनुहारमा
चड्याङ्‍चड्याङ्‍ हिर्काउँझैँ लागिरहेथ्यो मलार्इ मलाई
त्यो दु:खमा किन हाँसिरहेछन्‍ तिनीहरू भनेर।
इन्द्रेनी पनि लत्पतिएर टाँगिएजस्तो
पानी पनि सुइरो भएर बर्सिएजस्तो
घाम उदाएर पनि बस्तीको आकाशलार्इ आकाशलाई समेत नछोर्इ नछोई उम्किभागेजस्तोउनीहरूको सपनामाथिको ठट्टा देखेर मलार्इ मलाई रोऊँरोऊँ भइरहेथ्यो।
त्यो गन्तव्यविहीनतामा रुमल्लिइरहेका यात्राहरूको बस्तीबीच
नियतिदेखि अनभिज्ञ नाचिरहेका पुतलीका उमङ्ग
र मिठासविहीन बहिरहेको लाटो हावा देखेर
मलार्इ मलाई बहुलाऊँबहुलाऊँ भइरहेथ्यो।
त्यत्रो अपमान पराजित गरेपछि जन्मिएको
त्यो निस्सारता देखेर मलार्इ मलाई मरूँमरूँ लागिरहेथ्यो।
उनीहरू रमाइरहेथे संसार विजय गरेझैँ।
मलार्इ मलाई जीवनको रहस्यले पिरोलिरह्यो,
प्रश्न आयो मनमा,
के स्वतन्त्रता जीवनभन्दा मिठो हुन्छ?
वा जीवन कठीन भएपछि बाँच्न सजिलो हुन्छ?
</poem>
Mover, Reupload, Uploader
9,789
edits