भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"हुलाकघर–३ / रमेश क्षितिज" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 7: | पंक्ति 7: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | फिर्ता आएको छ सुनको | + | फिर्ता आएको छ सुनको औंठी |
रंगीन तस्बिर | रंगीन तस्बिर | ||
र प्रेमले लेखेको अन्तिम पत्र, | र प्रेमले लेखेको अन्तिम पत्र, | ||
पंक्ति 23: | पंक्ति 23: | ||
र खुसीका चौतारीहरू, | र खुसीका चौतारीहरू, | ||
− | थिच्छ ढुंगाले सुनको | + | थिच्छ ढुंगाले सुनको औंठी |
टुक्रा–टुक्रा पार्छ कागज, | टुक्रा–टुक्रा पार्छ कागज, | ||
अनि हिँड्छ अनिर्दिष्ट अल्छिँदै | अनि हिँड्छ अनिर्दिष्ट अल्छिँदै |
15:11, 22 नवम्बर 2016 का अवतरण
फिर्ता आएको छ सुनको औंठी
रंगीन तस्बिर
र प्रेमले लेखेको अन्तिम पत्र,
हुलाकघर अघिल्तिर उभेर
हेर्छ युवक
शुन्य आँखाले – कागजका केही मैला पानाहरू
कत्ति छिट्टै पखालिएछ ओठको हस्ताक्षर
निधारको खाली डायरीबाट !
बाक्लिँदै जान्छ उदासीको रात अनायास
उसको अनुहारको पहाडमा
हराउँछन् – गोरेटोहरू हिँड्नुपर्ने
प्रेमका बिसाउनी
र खुसीका चौतारीहरू,
थिच्छ ढुंगाले सुनको औंठी
टुक्रा–टुक्रा पार्छ कागज,
अनि हिँड्छ अनिर्दिष्ट अल्छिँदै
अल्छिँदै ऊ
ठेगाना नमिलेर फर्केको
कुनै चिठीजस्तो भएर ।