भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सिद्धार्थ उर्फ सिद्धे / मनप्रसाद सुब्बा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
(' {{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 1: पंक्ति 1:
 
 
{{KKGlobal}}
 
{{KKGlobal}}
 
{{KKRachna
 
{{KKRachna
 
|रचनाकार=मनप्रसाद सुब्बा
 
|रचनाकार=मनप्रसाद सुब्बा
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=भुइँफुट्टा शब्दहरू
+
|संग्रह=भुइँफुट्टा शब्दहरू / मनप्रसाद सुब्बा
 
}}
 
}}
 +
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 +
 
लुम्बिनीमा सिद्धार्थ जन्मेकै दिन
 
लुम्बिनीमा सिद्धार्थ जन्मेकै दिन
 
लुम्बिनीदेखि टाढा पूर्वको एक कुनामा
 
लुम्बिनीदेखि टाढा पूर्वको एक कुनामा

10:29, 16 मार्च 2017 के समय का अवतरण


लुम्बिनीमा सिद्धार्थ जन्मेकै दिन
लुम्बिनीदेखि टाढा पूर्वको एक कुनामा
म जन्में ।
न्वारानमा सिद्धिबहादुर नाम परे तापनि
बाउले सिद्धार्थ भने
तर पछि सप्पैले सिद्धे भन्न थाले ।
बोजुले चैं माया गरेर सिद्धु भन्थिन् ।

उता सिद्धार्थ
दरबारको चौघेराभित्र हुर्कँदै गर्दा
म यता बाख्राका पाठाहरूसित
पखेरातिर उफ्रँदै थिएँ ।

पुष्ट छाती भएका नर्तकीहरूले
घेरिएर बसिराखेको बेला

कुप्री परेकी बोजुको अनुहारमा
हजारौं चाउरीहरू सुम्सुम्याइरहन्थें ।
यसरी बोजुसित बसिरहेको बेला एक दिन
सासले मात्र ‘सिद्धु ! सिद्धु !’ भनिन्
अनि ‘पानी..’ भने जस्तो गरिन्
उठेर पानी ल्याइनपुर्याउँदै
बोजु बितिन् ।

अर्को कोठामा बाउ
गानो दुखेर छटपटिरहेका थिए ।
त्यसबेला त्यसरी मैले आफ्नो घरैभित्र देखेको-भोगेको
जरा-रोग-मृत्यु
उता सिद्धार्थले धेरै पछि
तन्नेरी भएर मात्र देख्न पाए ।

यस्ता कुरा देखेर
सिद्धार्थ सन्यासी भए अरे
म सिद्धे चैं
यिनै कुरासित बाँच्न सिकेर
अझ बढी संसारी भएँ ।
सिद्धार्थले
यी सबबाट मानिसको मुक्ति खोज्दै गर्दा
म मेरा बाउको लागि जडिबुटी खोज्दै थिएँ
अनि उसले राजदरबार त्याग्दा

आफ्नो बन्धक परेको घर उकास्ने युक्ति सोच्दै थिएँ ।

पछि उ
सिद्धार्थबाट सिद्ध हुँदै बुद्ध भयो ।
म चैं
सिद्धार्थबाट सिद्धे हुँदै सिद्धिएँ ।
उसको पनि शरीर चैं
मेरै जस्तो अस्सी वर्षमै सिद्धिएको हो
तर उसको पुनर्जन्म भयो अनगिन्ती मूर्तिहरुमा
मेरो पनि पुनर्जन्म भयो करोडौँ सिद्धार्थ उर्फ सिद्धेहरूमा ।
जहाँ जहिले जुनै धातुमा जन्मे पनि
उ त बुद्ध --- सँधै शान्त, सौम्य, निरपेक्ष ।
जहाँ जहिले जुनै जातिमा जन्मे पनि
म त सिद्धार्थ --- सँधै छटपटिरहेको .. भुटभुटिरहेको .. दौडिरहेको ...