"गाउँमा एउटा साँझ / विवश पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विवश पोखरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 14: | पंक्ति 14: | ||
गुलाबी बिछ्यौनामा निश्चिन्त | गुलाबी बिछ्यौनामा निश्चिन्त | ||
− | सुतेजस्तो देखिन्छ | + | सुतेजस्तो देखिन्छ पहेँलो घाम |
निर्जनता छिचोल्दै– | निर्जनता छिचोल्दै– | ||
निर्बाध बगिरहेछ नदी | निर्बाध बगिरहेछ नदी |
16:25, 14 मई 2017 के समय का अवतरण
पहाडको मायालु छातीमाथि
निर्धक्क टाउको अड्याएर
एउटा थकित दिन
विश्राम लिने तरखरमा छ
गुलाबी बिछ्यौनामा निश्चिन्त
सुतेजस्तो देखिन्छ पहेँलो घाम
निर्जनता छिचोल्दै–
निर्बाध बगिरहेछ नदी
चिरबिर चिरबिर गाइरहेछन् चराहरू
समयको उदास गीत
एउटा सग्लो दिनको अन्त्य गरेर
गोधूलिसँगै फर्किरहेछन् गोठालाहरू
पिठ्ँयूको दाउराको भारी पिँढीमा बिसाएर
कमिजको फेरोले निधारका पसिना
पुछिरहेका छन् एक हुल गाउँले
तुरतुरे धारोमा
माटो सुगन्धित फरुवा पखाल्दै
सन्तुष्टिका स्नान गरिरहेछन् किसानहरू
दिनभरि मेलापातमा हराएकी
आमाको न्यानो काखमा लुट्पुटिंदै
निस्सासिंदै चुसिरहेछ एउटा बालक
आमाको गानिएको दूध
गोठमा गाँसिदै छन्
बिहानी पूर्वाद्धमा फुकेका
बस्तुका असरल्ल दाम्लाहरू
एउटा सिलसिलाको
नवीकरण गरिरहेछ समय
क्रमशः आँखाबाट ओझेल परेको छ
अनवरत यात्रारत एउटा दिन
जीवन समरमा हारेको छ समय
गाउँलेहरू मनाइरहेछन्
समयको पराजयमा एउटा विजयोत्सव
पाहुनाजस्तै –
प्रकृतिको ढोकाबाट भर्खरै भित्रिएको छ
गाउँमा एउटा साँझ ।