भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"असमर्थ राजधानी शहर / तीर्थ श्रेष्ठ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= तीर्थ श्रेष्ठ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 5: पंक्ति 5:
 
|संग्रह=
 
|संग्रह=
 
}}
 
}}
 +
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 +
 
घण्टाघर छ
 
घण्टाघर छ
 
समय बताउन असमर्थ
 
समय बताउन असमर्थ

16:11, 12 नवम्बर 2017 के समय का अवतरण


घण्टाघर छ
समय बताउन असमर्थ
धरहरा छ
वरिपरिको दृश्य हेर्न असमर्थ
रानीपोखरी छ
आफैं नुहाउन असमर्थ
असमर्थताको यो लस्कर लामो छ
यस बीच
यौटा भव्य प्रासाद खडा छ
सिंहदरवार
जहाँबाट यस देशको प्रशासन चल्छ
त्यो पनि आफ्नो बाटो पहिल्याउन छ असमर्थ
बाग्मती छ
दुनियाँ चोख्याउँदै
आफैं चोखिन असमर्थ
मन्दिरहरू छन्
र त्यस भित्र देवताहरू छन्
आफैं जोगिन असमर्थ
सडकहरू छन्
तीब्रगामी बाहनहरू छन्
तर गन्तव्य पहिल्याउन असमर्थ
ओ राजधानी तिमी असमर्थताहरूको जञ्जालमा जेलिएका छौ
र देश तिमीबाट मुक्ति पाउन छ असमर्थ !