भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"शण्डेश्वरको पर्व / लक्ष्मीप्रसाद देवकोटा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 +
 +
तीते पाती बटुलन जाती,
 +
माकुरजाली ल्याउन काती,
 +
डाकन भ्याक्ते कोरस ताँती,
 +
धापहरुको बालन बाती ।
 +
 +
छेपाराका रङ्गहरु ल्याओ !
 +
चीलहरुका पङ्खा चलायो !
 +
गन्धे झारका बालन धूप,
 +
वेदी भरभर गोबर लेप,
 +
ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ !
 +
 +
दुनियाँ सारा पूजन आयो !
 +
शण्डेश्वरको पर्व छ आज,
 +
यस युगदिलमा उनको राज ।
 +
टाउको उनको वज्र चटान,
 +
मस्तिष्क अणु, अणु जल्दो मुहान ।
 +
 +
शास्त्रालङ्कृत चण्ड मुशण्ड,
 +
हनुवा, हाँका उनको मुण्ड,
 +
पुच्छर बेर्दछ भूतले फन्को,
 +
झटार्छ जगत् यदि माखा झन्क्यो,
 +
तोपहरुको ढ्वाँढ्वाँकार
 +
उनकै गुँज्दो गुफा ओडार
 +
कालो ध्वजा छ जूरो उँचा,
 +
आज छ गर्नु उनको पूजा,
 +
फलामहरुको मसल छ उनको,
 +
मूर्ति बनाऔँ तर सब सुनको ।
 +
 +
रुपियाँको एक मन्दिर ढालौँ,
 +
नोटहरुका लहरा हालौँ,
 +
विज्ञापनका कागज डालौँ,
 +
रङ्ग चडकारा सारा उज्यालौँ ।
 +
 +
बन्दूकहरुको बनाऔँ बार ।
 +
बुट्टा सिंगारौँ नव तरबार,
 +
तोपहरुका मञ्च उचालौँ,
 +
युरेनियमका ज्वाला ज्वालौँ,
 +
हो विजयले देऔँ सलाम !
 +
रणबिकुलले घोषी नाम,
 +
गोलीहरुका पूmल बरषाऔँ
 +
लोहित झन्डा फहरन जाऔँ
 +
गन्धक धूवाँ छाना छाऔँ,
 +
कोलाहलका स्तुतिहरु गाऔँ !
 +
शान्तिसुरक्षा बम् पडकाऔँ !
 +
पृथिवी काँप्ने पर्व मचाऔँ !
 +
मध्यपूर्वका तेल जलाऔँ !
 +
द्धीप विविधका फलपूmल ल्याऔँ !
 +
आजादीको एफिजी जलाऔँ !
 +
लामखुट्टेका कोरस गाऔँ !
 +
गरम पसीना जल ली चढाऔँ !
 +
सभ्यताको अन्त्येष्टि मनाऔँ !
 +
 +
अन्नहरु सब होमौँ ढेर,
 +
‘तन्त्र मुनाफा’ अक्षर दे’र ।
 +
पसले संस्कृति जगमा फिँजाऔँ,
 +
शण्डेश्वरको पर्व मनाऔँ !
 +
 +
</poem>

14:38, 15 फ़रवरी 2018 का अवतरण

साँचा:KKCatKabita


तीते पाती बटुलन जाती,
माकुरजाली ल्याउन काती,
डाकन भ्याक्ते कोरस ताँती,
धापहरुको बालन बाती ।

छेपाराका रङ्गहरु ल्याओ !
चीलहरुका पङ्खा चलायो !
गन्धे झारका बालन धूप,
वेदी भरभर गोबर लेप,
ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ !

दुनियाँ सारा पूजन आयो !
शण्डेश्वरको पर्व छ आज,
यस युगदिलमा उनको राज ।
टाउको उनको वज्र चटान,
मस्तिष्क अणु, अणु जल्दो मुहान ।

शास्त्रालङ्कृत चण्ड मुशण्ड,
हनुवा, हाँका उनको मुण्ड,
पुच्छर बेर्दछ भूतले फन्को,
झटार्छ जगत् यदि माखा झन्क्यो,
तोपहरुको ढ्वाँढ्वाँकार
उनकै गुँज्दो गुफा ओडार
कालो ध्वजा छ जूरो उँचा,
आज छ गर्नु उनको पूजा,
फलामहरुको मसल छ उनको,
मूर्ति बनाऔँ तर सब सुनको ।

रुपियाँको एक मन्दिर ढालौँ,
नोटहरुका लहरा हालौँ,
विज्ञापनका कागज डालौँ,
रङ्ग चडकारा सारा उज्यालौँ ।

बन्दूकहरुको बनाऔँ बार ।
बुट्टा सिंगारौँ नव तरबार,
तोपहरुका मञ्च उचालौँ,
युरेनियमका ज्वाला ज्वालौँ,
हो विजयले देऔँ सलाम !
रणबिकुलले घोषी नाम,
गोलीहरुका पूmल बरषाऔँ
लोहित झन्डा फहरन जाऔँ
गन्धक धूवाँ छाना छाऔँ,
कोलाहलका स्तुतिहरु गाऔँ !
शान्तिसुरक्षा बम् पडकाऔँ !
पृथिवी काँप्ने पर्व मचाऔँ !
मध्यपूर्वका तेल जलाऔँ !
द्धीप विविधका फलपूmल ल्याऔँ !
आजादीको एफिजी जलाऔँ !
लामखुट्टेका कोरस गाऔँ !
गरम पसीना जल ली चढाऔँ !
सभ्यताको अन्त्येष्टि मनाऔँ !

अन्नहरु सब होमौँ ढेर,
‘तन्त्र मुनाफा’ अक्षर दे’र ।
पसले संस्कृति जगमा फिँजाऔँ,
शण्डेश्वरको पर्व मनाऔँ !