भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"विना वजनका मान्छेहरू / गीता त्रिपाठी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 39: पंक्ति 39:
 
कहिले यता, कहिले उता
 
कहिले यता, कहिले उता
 
विना वजनका मान्छेहरू ।
 
विना वजनका मान्छेहरू ।
छोरा अचेल तँ किताब समातेको देख्दिन, पढ्नु पर्दैन ।
+
 
बुवा अचेल म जिन्दगी पढ्दैछु। यो भन्दा ठूलो किताब के हुन सक्छ र?
+
 
</poem>
 
</poem>

15:27, 15 अप्रैल 2020 के समय का अवतरण

बादलको देशमा
बादलकै मान्छेहरू
टेक्छन् बतासे खुट्टाहरू र
सरिरहन्छन् कहिले यता
कहिले उता
 
तिनका हलुका वजनहरू
तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर
मातृशक्तितिर
ती छुट्दै जान्छन्
उठ्दै जान्छन्
भ्रमको अस्थिर आयामहरूमा र
फेरिरहन्छन् बादले-आकृतिहरू
 
कहिले काला हुन्छन्
घनघोर काला
कहिले सेता
रूवाझैँ हलुका
धेरैजसो ती गहुँगोरा हुन्छन्
बीचका
न यताका न उताका
 
बादलको देशमा
बादलकै मान्छेहरू
घामलाई छेकिदिन्छन् ती
पानीलाई रोकिदिन्छन्
तन्किरहने र खुम्चिरहने आकार बोकेर
एकान्तमा कानेखुसी गर्छन्
बतासे ऋतुझैँ सरिरहन्छन्
कहिले यता, कहिले उता
विना वजनका मान्छेहरू ।