"बीसौँ शताब्दी / कुमार नेपाल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुमार नेपाल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 29: | पंक्ति 29: | ||
तर अन्जान थरू पथिकहरू | तर अन्जान थरू पथिकहरू | ||
रगतमा साँदिए कत्रो हाहाकार | रगतमा साँदिए कत्रो हाहाकार | ||
− | + | मैलेसम्म त्यो सुन्न सकिनँ | |
− | + | जीवनको निम्ति हताश छट्पटाएँ- | |
− | + | कसलाई के प्रयोजन थियो र ! | |
− | + | समयको इन्द्रिय त्यसै शिथिल भयो | |
− | + | आकाशमा मसाने बादलहरू हाँसे | |
− | + | सागरे-अमनमा लहरहरू मात्तिए; | |
− | + | चट्टानको मखमली काईहरू खसे बगे गए; | |
− | + | यसै बेला म आत्तिएँ, | |
− | + | बेहोशको काखमा पछारिनपुगेँ | |
− | + | यौवनमा नै अनेक भारको थकाइले चूर भएँ, म सुतें | |
− | + | थाहा भएन कसरी फेरि ब्यूँझेँ ॥ | |
− | + | घोडा हिँडिनैरहेछ आफ्नो बाटोमा | |
− | + | थकाइले लस्त उसलाई, छाडिदिएँ; | |
− | + | अहिले म कति चङ्गा छु ! | |
− | + | तर प्रतिस्पर्धाको कालो बादलले मेरो आँखा खोस्तैछ, | |
− | + | नजाने मलाई कसले डोऱ्याउला ! | |
− | अहिले | + | मेरो बास अझै ठेगान लागेको छैन |
− | + | अन्तरिक्ष अथवा धर्ती ॥ | |
− | + | ||
</poem> | </poem> |
23:36, 5 अगस्त 2020 के समय का अवतरण
टाटेपाटे घोडामा आफ्नै खुशीले प्रवेश गरेँ,
मुट्सम्म पुगेँ,
अनि उसको सिरा प्रसिराहरूमा मग्न दौडेँ,
भित्रको रापमा अदृश्य भएँ
मेरो रूप स्वतः रौद्र भएर आयो,
हुत्तिएर बग्दै टापमा पुगेँ,
मेरो कारणलाई तैपनि कसैले खोजेन,
आकाङ्क्षालाई कसैले पढ्ने प्रयास गरेन,
लाचार, अज्ञात कथा झै भएँ
त्यो निस्सहाय घोडा बहुलायो,
हिन्हिनाउँदै बालीले सिङ्गारिएका खेतहरू,
जग्मगाएका सडकहरूमा बेगले दगर्न थाल्यो
उसको नाल ठोकिएको चम्कने टाप
धर्तीमा छियाछिया पार्दै घाउहरू पार्न थाल्यो,
अझ कतैकतै त तलैसम्म धसियो,
रगतको सहस मूलहरू फुटयो,
वीभत्सले जगल्टा सुकाउने राम्रै मौका पायो,
यसरी इच्छा फस्टाएको देखेर
विभ्रान्त यताउता लम्केका दुईचार पथिक खुशी भए;
तर अन्जान थरू पथिकहरू
रगतमा साँदिए कत्रो हाहाकार
मैलेसम्म त्यो सुन्न सकिनँ
जीवनको निम्ति हताश छट्पटाएँ-
कसलाई के प्रयोजन थियो र !
समयको इन्द्रिय त्यसै शिथिल भयो
आकाशमा मसाने बादलहरू हाँसे
सागरे-अमनमा लहरहरू मात्तिए;
चट्टानको मखमली काईहरू खसे बगे गए;
यसै बेला म आत्तिएँ,
बेहोशको काखमा पछारिनपुगेँ
यौवनमा नै अनेक भारको थकाइले चूर भएँ, म सुतें
थाहा भएन कसरी फेरि ब्यूँझेँ ॥
घोडा हिँडिनैरहेछ आफ्नो बाटोमा
थकाइले लस्त उसलाई, छाडिदिएँ;
अहिले म कति चङ्गा छु !
तर प्रतिस्पर्धाको कालो बादलले मेरो आँखा खोस्तैछ,
नजाने मलाई कसले डोऱ्याउला !
मेरो बास अझै ठेगान लागेको छैन
अन्तरिक्ष अथवा धर्ती ॥