भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"सम्पत्ति / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 14: | पंक्ति 14: | ||
शहरका गल्ली र आकृतिहरूमाथि । | शहरका गल्ली र आकृतिहरूमाथि । | ||
− | आफैँभित्र गुजुल्टिएको | + | आफैँभित्र गुजुल्टिएको यस भीडका बीचैबीच |
बाटाछेउ ठाउँठाउँ खाली जग्गा छाडेर | बाटाछेउ ठाउँठाउँ खाली जग्गा छाडेर | ||
राम्रै गरेछन् कसैकसैले, | राम्रै गरेछन् कसैकसैले, | ||
पंक्ति 22: | पंक्ति 22: | ||
नत्रभने | नत्रभने | ||
बाँध्नै नसकिने गरी इँजार चुँडिएको यस राज्यका | बाँध्नै नसकिने गरी इँजार चुँडिएको यस राज्यका | ||
− | यतिबिग्न अस्ट्रिचमान्छेहरू मुत्न कहाँ जाने थिए होला? | + | यतिबिग्न अस्ट्रिचमान्छेहरू |
+ | मुत्न कहाँ जाने थिए होला? | ||
− | अस्पष्ट | + | अस्पष्ट स्वरमा मलाई खै के भन्यो, र |
घोप्टियो टाउको | घोप्टियो टाउको | ||
फेरि कागजमाथि । | फेरि कागजमाथि । | ||
− | चारचार लाखका तिनका पर्खाल | + | चारचार लाखका तिनका पर्खाल र तीनतीन करोडका जग्गामा |
− | + | दिनभरिमा पाँचपाँच सय मान्छेले मुत्ने गर्छन्, | |
− | तीस | + | तीस रुपियाँको किताबमा बरू |
− | थुक्ने समेत आँट गर्दैनन् | + | थुक्ने समेत आँट गर्दैनन् कोही । |
</poem> | </poem> |
09:16, 22 जनवरी 2022 के समय का अवतरण
अक्षरमा भासिएका आँखा
सपनाले पुरिएको चेतना, र
मुटुले भिजेको मनबाट निकालेर आफूलाई
फिजाउँछु एक बन्ददृष्टि
शहरका गल्ली र आकृतिहरूमाथि ।
आफैँभित्र गुजुल्टिएको यस भीडका बीचैबीच
बाटाछेउ ठाउँठाउँ खाली जग्गा छाडेर
राम्रै गरेछन् कसैकसैले,
उठाएर देशको दरिद्रता नछेक्ने पर्खाल
बेसै गरेछन् बाँकी अरूले ।
नत्रभने
बाँध्नै नसकिने गरी इँजार चुँडिएको यस राज्यका
यतिबिग्न अस्ट्रिचमान्छेहरू
मुत्न कहाँ जाने थिए होला?
अस्पष्ट स्वरमा मलाई खै के भन्यो, र
घोप्टियो टाउको
फेरि कागजमाथि ।
चारचार लाखका तिनका पर्खाल र तीनतीन करोडका जग्गामा
दिनभरिमा पाँचपाँच सय मान्छेले मुत्ने गर्छन्,
तीस रुपियाँको किताबमा बरू
थुक्ने समेत आँट गर्दैनन् कोही ।