भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"म, आमा र छोरी / कुन्दन शर्मा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया)
 
छो
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
 
छोरी ! आज म तिमीलाई  
 
छोरी ! आज म तिमीलाई  
 
नयाँ जीवनको आशीर्वाद दिन चाहन्छु  
 
नयाँ जीवनको आशीर्वाद दिन चाहन्छु  
पंक्ति 24: पंक्ति 23:
 
त्यागको आह्वान हुँदो रहेछ ।  
 
त्यागको आह्वान हुँदो रहेछ ।  
 
हामी महान् बन्ने आकाङ्क्षामा नै  
 
हामी महान् बन्ने आकाङ्क्षामा नै  
मरेका छौं सदा यहाँ ।  
+
मरेका छौँ सदा यहाँ ।  
 
मेरी आमाको तरुनो अनुहार  
 
मेरी आमाको तरुनो अनुहार  
 
अझै सम्झन्छु म  
 
अझै सम्झन्छु म  
 
बिस्तारै बिस्तारै चाउरीका पत्रमा  
 
बिस्तारै बिस्तारै चाउरीका पत्रमा  
खुम्चिदै गए क्यार उनका सपना सबै  
+
खुम्चिँदै गए क्यार उनका सपना सबै  
 
कहिलेकाहीँ सोच्छु  
 
कहिलेकाहीँ सोच्छु  
 
आमाले कुनै सपना पनि देखेकी थिइन् र ?  
 
आमाले कुनै सपना पनि देखेकी थिइन् र ?  
पंक्ति 35: पंक्ति 34:
 
घरबारमै सीमित थियो उनको संसार  
 
घरबारमै सीमित थियो उनको संसार  
 
साँगुरो आकाङ्क्षाका ती सानासाना सुखदुःख  
 
साँगुरो आकाङ्क्षाका ती सानासाना सुखदुःख  
म पीडित हुन्थे आमाको अवस्था देख्दा  
+
म पीडित हुन्थेँ आमाको अवस्था देख्दा  
 
तर उनी सुखी थिइन्  
 
तर उनी सुखी थिइन्  
उनको दु:ख पनि हाम्नै दुःखमा थियो ।  
+
उनको दु:ख पनि हाम्रै दुःखमा थियो ।  
मैले बुझन सकिन कहिल्यै  
+
मैले बुझ्न सकिनँ कहिल्यै  
 
अस्तित्वविनाको त्यो अस्तित्व  
 
अस्तित्वविनाको त्यो अस्तित्व  
 
आफूलाई बिर्सेर पाएको त्यो सन्तोष  
 
आफूलाई बिर्सेर पाएको त्यो सन्तोष  
तर कहिलेकाहीं लामो सुस्केरामा  
+
तर कहिलेकाहीँ लामो सुस्केरामा  
भन्थिन् उनी, "नानी । तिमी मझै नभए" ।  
+
भन्थिन् उनी, "नानी । तिमी मझैँ नभए" ।  
 
आमाभन्दा भिन्न भई  
 
आमाभन्दा भिन्न भई  
 
बाँच्ने रहरमा हुर्केकी म  
 
बाँच्ने रहरमा हुर्केकी म  
 
उनको त्यो जीवन मेरो अस्तित्वबोध भयो  
 
उनको त्यो जीवन मेरो अस्तित्वबोध भयो  
म साँच्चै फरक हुन थालें
+
म साँच्चै फरक हुन थालेँ
 
तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि ।  
 
तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि ।  
 
पितालाई क्षमा गर्न सकिनँ मैले  
 
पितालाई क्षमा गर्न सकिनँ मैले  
आमाको अवस्था सम्मदा
+
आमाको अवस्था सम्झँदा 
 
प्रेमी मेरो कल्पनामा बाँचे  
 
प्रेमी मेरो कल्पनामा बाँचे  
 
पति प्रेमी हुन सकेनन्  
 
पति प्रेमी हुन सकेनन्  
पंक्ति 57: पंक्ति 56:
 
माया गरेर, माया खोज्न थालेकी थिएँ म  
 
माया गरेर, माया खोज्न थालेकी थिएँ म  
 
जीवनलाई साझा उत्तरदायित्व मानी  
 
जीवनलाई साझा उत्तरदायित्व मानी  
बेहोर्न चाहन्थें म ।  
+
बेहोर्न चाहन्थेँ म ।  
 
अब घरबारमा मात्र सीमित थिएनन्  
 
अब घरबारमा मात्र सीमित थिएनन्  
 
मेरा आकाङ्क्षा  
 
मेरा आकाङ्क्षा  
ती फराकिदै गएको अनुभूतिमा  
+
ती फराकिँदै गएको अनुभूतिमा  
 
म आत्तिएँ केही फेरिएको थिएन कतै अझै  
 
म आत्तिएँ केही फेरिएको थिएन कतै अझै  
 
मबाहेक,  
 
मबाहेक,  
आफै पनि त्रसित हुन्थें
+
आफैँ पनि त्रसित हुन्थेँ
 
आफ्ना संस्कारसित कतै  
 
आफ्ना संस्कारसित कतै  
 
र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले ।  
 
र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले ।  
पंक्ति 70: पंक्ति 69:
 
पुराना मान्यताको बोझ दिएर  
 
पुराना मान्यताको बोझ दिएर  
 
कुनै भ्रममा हुर्काइनँ,
 
कुनै भ्रममा हुर्काइनँ,
नाङ्गो भई बाँचें म आफ्ना व्यथामा  
+
नाङ्गो भई बाँचेंँ म आफ्ना व्यथामा  
 
लुकाइनँ ती अपमान संरक्षणले गरेका  
 
लुकाइनँ ती अपमान संरक्षणले गरेका  
 
मेरो अस्तित्वको  
 
मेरो अस्तित्वको  
कति एक्लै भई बाँचें म सबैसित  
+
कति एक्लै भई बाँचेँ म सबैसित  
लुकाइन मेरो पीडा साथी पाउन नसकेको  
+
लुकाइनँ मेरो पीडा साथी पाउन नसकेको  
 
छोरी ! तिमी कहिल्यै एक्लो नभए !  
 
छोरी ! तिमी कहिल्यै एक्लो नभए !  
 
तिमी सबल, समर्थ भएर आफ्ना सबै मान्यता  
 
तिमी सबल, समर्थ भएर आफ्ना सबै मान्यता  
आफ्नो निम्ति आफै रोजे  
+
आफ्नो निम्ति आफैँ रोजे  
 
र आफूलाई चिनेर बाँचे।  
 
र आफूलाई चिनेर बाँचे।  
 
छोरी । आज म तिमीलाई  
 
छोरी । आज म तिमीलाई  
 
नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु  
 
नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु  
 
मेरी आमाले दिएका पुराना सपनामा  
 
मेरी आमाले दिएका पुराना सपनामा  
ज्यादै कमजोर भई बाँचें म।  
+
ज्यादै कमजोर भई बाँचेँ म।  
 
</poem>
 
</poem>

12:35, 15 फ़रवरी 2022 के समय का अवतरण

छोरी ! आज म तिमीलाई
नयाँ जीवनको आशीर्वाद दिन चाहन्छु
वरदान नै दिने थिएँ
तर यस्ता दैवी शक्ति ममा छैनन्
भएको भए
म तिम्रो जीवनको सम्पूर्ण ढाँचा फेरिदिने थिएँ
अनि तिमी यसलाई आफ्नो मानी
आफूले चाहेझै बाँच्ने थियौ ।
अरूका निम्ति बाँच्ने
आदर्श बोकेको इतिहास हाम्रो
घिन लागिसक्यो मलाई
यस्ता आत्मदाहदेखि
शोषणको पहिलो लक्षण
त्यागको आह्वान हुँदो रहेछ ।
हामी महान् बन्ने आकाङ्क्षामा नै
मरेका छौँ सदा यहाँ ।
मेरी आमाको तरुनो अनुहार
अझै सम्झन्छु म
बिस्तारै बिस्तारै चाउरीका पत्रमा
खुम्चिँदै गए क्यार उनका सपना सबै
कहिलेकाहीँ सोच्छु
आमाले कुनै सपना पनि देखेकी थिइन् र ?
उनको जीवन त बित्यो
हानै सेवामा
घरबारमै सीमित थियो उनको संसार
साँगुरो आकाङ्क्षाका ती सानासाना सुखदुःख
म पीडित हुन्थेँ आमाको अवस्था देख्दा
तर उनी सुखी थिइन्
उनको दु:ख पनि हाम्रै दुःखमा थियो ।
मैले बुझ्न सकिनँ कहिल्यै
अस्तित्वविनाको त्यो अस्तित्व
आफूलाई बिर्सेर पाएको त्यो सन्तोष
तर कहिलेकाहीँ लामो सुस्केरामा
भन्थिन् उनी, "नानी । तिमी मझैँ नभए" ।
आमाभन्दा भिन्न भई
बाँच्ने रहरमा हुर्केकी म
उनको त्यो जीवन मेरो अस्तित्वबोध भयो
म साँच्चै फरक हुन थालेँ
तर केही सरल रहेन मेरो जीवनमा त्यसपछि ।
पितालाई क्षमा गर्न सकिनँ मैले
आमाको अवस्था सम्झँदा
प्रेमी मेरो कल्पनामा बाँचे
पति प्रेमी हुन सकेनन्
उनी त पुरुष परमेश्वर भई आए जीवनमा
तर आमा अन्धो परिक्रमा गरी
पूजा गर्न सकिनँ मैले उनको ।
माया गरेर, माया खोज्न थालेकी थिएँ म
जीवनलाई साझा उत्तरदायित्व मानी
बेहोर्न चाहन्थेँ म ।
अब घरबारमा मात्र सीमित थिएनन्
मेरा आकाङ्क्षा
ती फराकिँदै गएको अनुभूतिमा
म आत्तिएँ केही फेरिएको थिएन कतै अझै
मबाहेक,
म आफैँ पनि त्रसित हुन्थेँ
आफ्ना संस्कारसित कतै
र भ्याउन सकिनँ आफ्नै जीवनलाई मैले ।
त्यसैले छोरी !
मैले तिमीलाई
पुराना मान्यताको बोझ दिएर
कुनै भ्रममा हुर्काइनँ,
नाङ्गो भई बाँचेंँ म आफ्ना व्यथामा
लुकाइनँ ती अपमान संरक्षणले गरेका
मेरो अस्तित्वको
कति एक्लै भई बाँचेँ म सबैसित
लुकाइनँ मेरो पीडा साथी पाउन नसकेको
छोरी ! तिमी कहिल्यै एक्लो नभए !
तिमी सबल, समर्थ भएर आफ्ना सबै मान्यता
आफ्नो निम्ति आफैँ रोजे
र आफूलाई चिनेर बाँचे।
छोरी । आज म तिमीलाई
नयाँ सपनाको आशीर्वाद दिन चाहन्छु
मेरी आमाले दिएका पुराना सपनामा
ज्यादै कमजोर भई बाँचेँ म।