"वंशवृक्ष / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
मलाई यो अस्तित्वको अभिमान चाहिन्छ | मलाई यो अस्तित्वको अभिमान चाहिन्छ | ||
मलाई मेरो वंश देऊ अब ! | मलाई मेरो वंश देऊ अब ! | ||
+ | |||
मेरो अंशअंशमा | मेरो अंशअंशमा | ||
रगत, मासु | रगत, मासु | ||
हाड र छालामा | हाड र छालामा | ||
ए मातापिता । | ए मातापिता । | ||
+ | |||
तिमीले रोपेको बीउ फक्रेपछि | तिमीले रोपेको बीउ फक्रेपछि | ||
किन म फेरि | किन म फेरि | ||
खालि पाहुना ठहरिएँ | खालि पाहुना ठहरिएँ | ||
तिम्रो घरथर सापट लिएर बाँचेकी छोरी ? | तिम्रो घरथर सापट लिएर बाँचेकी छोरी ? | ||
+ | |||
म | म | ||
मेरो जीवनलाई | मेरो जीवनलाई | ||
पंक्ति 27: | पंक्ति 29: | ||
त्यो आर्यघाट पुग्दा | त्यो आर्यघाट पुग्दा | ||
मुक्तिको फिलिङ्गो दिन सक्नेछु । | मुक्तिको फिलिङ्गो दिन सक्नेछु । | ||
+ | |||
तर मेरो जन्मको सबै नासो मेटेर | तर मेरो जन्मको सबै नासो मेटेर | ||
मेरो जातपात नै मासेर | मेरो जातपात नै मासेर | ||
पंक्ति 34: | पंक्ति 37: | ||
त्यो जग्गेको पाइलो सर्दासर्दै | त्यो जग्गेको पाइलो सर्दासर्दै | ||
म आफ्नै परिवारको दैलोबाहिर पुगेछु । | म आफ्नै परिवारको दैलोबाहिर पुगेछु । | ||
+ | |||
ए निर्मोही ! | ए निर्मोही ! | ||
कन्यादानको खड्कूलोमै | कन्यादानको खड्कूलोमै | ||
तिमीले मलाई दान दिइछौ | तिमीले मलाई दान दिइछौ | ||
नयाँ वंशको टीका लगाई । | नयाँ वंशको टीका लगाई । | ||
+ | |||
तर अरूको वंशमा | तर अरूको वंशमा | ||
कसरी गाभिने म सहजै | कसरी गाभिने म सहजै | ||
पंक्ति 43: | पंक्ति 48: | ||
शारीरिक र मानसिक दुवै स्तरमा | शारीरिक र मानसिक दुवै स्तरमा | ||
अन्याय भयो त्यो मप्रति । | अन्याय भयो त्यो मप्रति । | ||
+ | |||
म सन्तान जसको | म सन्तान जसको | ||
वंशवृक्षको छाया पाउनुपर्ने | वंशवृक्षको छाया पाउनुपर्ने | ||
पंक्ति 49: | पंक्ति 55: | ||
मेरो सन्तानलाई | मेरो सन्तानलाई | ||
वंशको अभिमान आफ्नो । | वंशको अभिमान आफ्नो । | ||
+ | |||
वंशअधिकार | वंशअधिकार | ||
मौलिक मानिनुपर्छ | मौलिक मानिनुपर्छ | ||
पंक्ति 55: | पंक्ति 62: | ||
आमाबाबुबीच | आमाबाबुबीच | ||
आफ्नो वंश यहाँ । | आफ्नो वंश यहाँ । | ||
+ | |||
सन्तानको परिभाषाभित्र | सन्तानको परिभाषाभित्र | ||
राख नारीलाई अब । | राख नारीलाई अब । | ||
+ | |||
सहस्र शताब्दीदेखि | सहस्र शताब्दीदेखि | ||
नारीले जन्माएर हुर्काइन् | नारीले जन्माएर हुर्काइन् | ||
पंक्ति 63: | पंक्ति 72: | ||
नारीले नै पाउन सकिनन् | नारीले नै पाउन सकिनन् | ||
आफ्नो वंश, आफ्नो जाति । | आफ्नो वंश, आफ्नो जाति । | ||
+ | |||
सभ्यताको लामो इतिहासमा | सभ्यताको लामो इतिहासमा | ||
किन कुनै अस्तित्व मानिएन हाम्रो यहाँ ? | किन कुनै अस्तित्व मानिएन हाम्रो यहाँ ? | ||
पंक्ति 69: | पंक्ति 79: | ||
अस्पतालको, अदालतको | अस्पतालको, अदालतको | ||
र पुरुषसम्बन्धको । | र पुरुषसम्बन्धको । | ||
+ | |||
यो एकपक्षीय व्यवस्थामा | यो एकपक्षीय व्यवस्थामा | ||
फेरि कुन अधिकारको सङ्घर्ष गर्न | फेरि कुन अधिकारको सङ्घर्ष गर्न |
21:41, 7 सितम्बर 2024 के समय का अवतरण
मलाई यो अस्तित्वको अभिमान चाहिन्छ
मलाई मेरो वंश देऊ अब !
मेरो अंशअंशमा
रगत, मासु
हाड र छालामा
ए मातापिता ।
तिमीले रोपेको बीउ फक्रेपछि
किन म फेरि
खालि पाहुना ठहरिएँ
तिम्रो घरथर सापट लिएर बाँचेकी छोरी ?
म
मेरो जीवनलाई
आफैं सह्यानं समर्थ छु
तिमीलाई पनि
उमेरको साँझ पर्दा
मायाले सुमसुम्याएर
त्यो आर्यघाट पुग्दा
मुक्तिको फिलिङ्गो दिन सक्नेछु ।
तर मेरो जन्मको सबै नासो मेटेर
मेरो जातपात नै मासेर
यति सजिलैसित
किन सुम्पिदिन्छौ यसरी
अरूको पहिचानभित्र ?
त्यो जग्गेको पाइलो सर्दासर्दै
म आफ्नै परिवारको दैलोबाहिर पुगेछु ।
ए निर्मोही !
कन्यादानको खड्कूलोमै
तिमीले मलाई दान दिइछौ
नयाँ वंशको टीका लगाई ।
तर अरूको वंशमा
कसरी गाभिने म सहजै
भन त तिमी आफै ?
शारीरिक र मानसिक दुवै स्तरमा
अन्याय भयो त्यो मप्रति ।
म सन्तान जसको
वंशवृक्षको छाया पाउनुपर्ने
मैले उसैको ।
र मैले पनि दिन सक्नुपर्ने
मेरो सन्तानलाई
वंशको अभिमान आफ्नो ।
वंशअधिकार
मौलिक मानिनुपर्छ
र सन्तानले उमेर पुगेपछि
आफै चुन्न पाउनुपर्छ
आमाबाबुबीच
आफ्नो वंश यहाँ ।
सन्तानको परिभाषाभित्र
राख नारीलाई अब ।
सहस्र शताब्दीदेखि
नारीले जन्माएर हुर्काइन्
मनुष्यजातिको वंश कति
तर आश्चर्य !
नारीले नै पाउन सकिनन्
आफ्नो वंश, आफ्नो जाति ।
सभ्यताको लामो इतिहासमा
किन कुनै अस्तित्व मानिएन हाम्रो यहाँ ?
बाँच्नु र मर्नु
फगत दर्ता भयो हाम्रो
अस्पतालको, अदालतको
र पुरुषसम्बन्धको ।
यो एकपक्षीय व्यवस्थामा
फेरि कुन अधिकारको सङ्घर्ष गर्न
हिँडेका छौँ वंशहीन, पहिचानविहीन
जन्मको उधारो प्रमाणपत्र बोकेका हामी ?