भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मुटु जलाई के भयो / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:43, 17 जुलाई 2024 का अवतरण
भेद जान्ने तिमी नै हौ, भन यसलाई के भयो ?
छटपटिन्छ, बेचैन हुन्छ, मेरो मनलाई के भयो ?
त्यसै तप्त, कमनीय तिम्रो रूपलाई के भयो
मनको शान्त उपवनमा आगो सल्काई के भयो?
दिन जल्दछ बिहानैदेखि रात कट्छ छट्पटाई
माया गरेर के पाइयो, यो मुटु जलाई के भयो ?
किन यस्तो चियोचासो, किन विरोध मायाको
मेरो प्रेमले कसलाई दुख्यो, खै कसलाई के भयो ?
बुझ्नेले आफैँ बुझ्छ, नबुझ्नेले कहिल्यै बुझ्दैन
प्रेमका रङ्ग नबुझ्नेहरू नसोध, मलाई के भयो ?
उमङ्गको नदी थिइस्, सुहाएन तँलाई यस्तो
निराश छस् किन सुमन ! आज तँलाई के भयो ?