भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरो बेहोशीलाई सन्ताप / ईश्वरवल्लभ
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:09, 5 सितम्बर 2021 का अवतरण
मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे
मेरो सबै मायाहरूलाई पाप भनी लेखी दे
मलाई छोडी दे मलाई फेँकी दे मलाई भाँची दे
म त सधैँ उजाड छु हरियाली मेरो होइन
म त सधैँ नै बेहोश छु तमाम जीवन मेरो होइन
मेरो परिवार पनि मेरो होइन, मेरो होइन
मेरो जिन्दगानी पनि मेरो होइन, मेरो होइन
मलाई तोडी दे मलाई छेकी दे मलाई भाँची दे
म त सधैँ नै उदास छु तर खुशी पनि होइन
म त सधैँ हतास छु तमाम व्यथा मेरो होइन
तर घरहरू पनि मेरो होइन, मेरो होइन
म सधैँ पनि केही होइन, कोही होइन
मलाई मारी दे मलाइ सकी दे मलाई भाँची दे