Last modified on 26 मार्च 2018, at 16:48

आकाशबाट ताराहरु टिपेर / विमल गुरुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:48, 26 मार्च 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


यसबेला म हेरिरहेछु
तिमी टेबलमा झुकेर किताब पल्टाईरहेछौ
समाएर कलम
तिमी कपिमा लेखिरहेछौ

यो टाढाको कौसीबाट म हेरिरहेछु
ध्यानमग्न भएर हेरिरहेछु
एकटक लगाएर हेरिरहेछु ।

तार चम्किरहेछ
चिसो हावा चलिरहेछ
तिमी पुस्तकबाट अक्षरका फूलहरु टिपिरहेछौ
तिमी
आकाशबाट ताराहरु टिपेर कपिमा रोपिरहेछौ ।