भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मसँग बदनाम आयो / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:38, 31 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जीवनभर नभुल्ने, मायाको ईनाम आयो
सग्लो दिएँथेँ मुटु, चर्केर दस ठाम आयो
 
सोधे मलाई कारण, मेरो मलिनताको जब
शुष्क ओठमा अनायस तिम्रो नाम आयो
 
चर्किरहन्छ हृदय, सधैँ जोडिरहन्छु म
प्रेमको उपहार स्वरूप यो के काम आयो ?
 
व्यर्थै लेखेँछु गजल, प्रेमको रङ्गमा डुबेर
अदृष्य रह्यौँ तिमी, मसँग बदनाम आयो
 
के राख्छौ फूल तिमी मेरो तसवीरमा ऐले
थाह छ मलाई, कोको, मेरो मलाम आयो
 
कहाँ पठाऊँ जवाफ यत्रो संसारमा सुमन !
कसले पठायो कुन्नी, एक चिट्ठी बेनाम आयो