भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वार्ता:रचनाकारों की सूची: भाग 1

Kavita Kosh से
धर्मराज थापा (चर्चा | योगदान) द्वारा परिवर्तित 22:41, 14 मार्च 2011 का अवतरण (नया पृष्ठ: जब पुनमको चुरा खस्यो मेरो मनको चुचुरा खस्यो । फूलको धारले नै रेट…)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


जब पुनमको चुरा खस्यो मेरो मनको चुचुरा खस्यो ।

फूलको धारले नै रेट्न थालेपछि उनको मनको छुरा खस्यो ।

पोको पारेर राखेको ठाउँबाट आज अचानक कुरा खस्यो ।

सपनाको चखेवा खेलाउँदै थिएँ विपनाको झ्वाम्म च्याखुरा खस्यो ।

फुलाउँदा फुलाउँदै मायाको फूल बसन्तमै मनको आँकुरा खस्यो ।

भमराहरु झुमुन् भन्थेँ वरिपरि मनको चाकामा माकुरा खस्यो ।

राधा, रुक्मिणी र मीराहरु नसोच्दै मनमा अचानक मथुरा खस्यो ।

अग्लिदै थिएँ आकासको हिमाल आफनै मनको टाकुरा खस्यो ।