बाटो / रमेश क्षितिज
कहाँ जान्छ बाबु यो बाटो ?
भर्खरै पहाडबाट झरेको एउटा निर्दोष अनुहार
उभिन्छ म सामु र कायल बनाउँछ मलाई
अन्यौलग्रस्त म हेरिरहन्छु
चौतर्फी पैmलिएका बाटै बाटाहरू,
उसबेला त्यो दुर्गम गाउँमा बसेर
म खोजिरहन्थेँ बाटो र पुग्न चाहन्थेँ — निष्पक्ष न्यायालय
गरीबका नानीहरूले पढ्ने स्कुल
र टाढाको रहस्यमय सहर
तर कहीँ पुगेन त्यो निर्दयी बाटो
बरु पल्टिरह्यो कुनै थकित यात्रीजस्तै भएर
पहाडको फलैँचामा मस्त ,
मैले बिताएँ आफ्नो बाल्यकाल
गाईका बथानहरूको पछि पछि लागेर
हरेक साँझ फुकिरहेँ रहरहरूको बाँसुरी ।
यसपछि बसाइँ सरेर हामी झ¥यौँ नयाँ ठाउँ
यसबेला पनि म चाहन्थेँ कही जाओस् यो बाटो
र पु¥याओस् मलाई मेरा सपनाको थुम्कोसम्म
कुनै बृद्ध अभिभावकजस्तो काँधमा राखेर देखाओस् मेरो गन्तव्य
कहि गएन ऊ बरु फन्फनी बेरेर अजिङ्गरजस्तो
बाटोले थुनिरह्यो मलाई
विद्रोह गरेर घरबाट म निस्किएँ एकरात
यिनै बाटाहरूको भीडमा ,
हो त्यसपछि बाटोले ल्याएर छोडेको हो मलाई
यो व्यस्त चौकमा र आपूm फर्केको हो कतै
उभिएको छु म मध्यचौकमा सालिकजस्तै
त्यसबेलादेखि
खोजी छ अझै निरन्तर नयाँ बाटोको,
यही बाटो कोही गइरहेछन् सिंहदरबार
कोही मलेसिया वा कोरियाअनि द्वन्द्वग्रस्त इराक
कही जाँदैन यो बाटो, कहि जाँदैन
बरु तपाईं पो कहाँ जाने हो दाइ ?