Last modified on 17 मई 2017, at 08:42

गाऊले एक बालक सम्झेर / मनु मन्जिल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:42, 17 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनु मन्जिल |अनुवादक= |संग्रह=ल्या...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


म चाहन्छू
भेटीदा बालक संगै भेटियोस मुस्कान
भेट्दा फुलसॅगै भेटियोस वसन्त

मानौ सोधियो कि उस्का बाबू कहा छन
बालकले सानो औलाले देखाओस्
चौतारा भरी बसेर हासी रहेका मानिस
र भनोस् त्यहाको यौटा हासो उसको घरको हो।
मानौ सोधियो की उसकी आमा कहा छिन्
बालकले सानो औलाले देखाओस्
पाखा भरिको गुरास
र भनोस त्यहाको यौटा रंग उस्को आफ्नो हो।

बरू भनोस की उसको बाबू मरूभुमीबाट बर्सेनि चिठ्ठि लेख्छन्
अथवा भनोस आमा सहरमा साग बेच्छीन्
र हरेक महिना उसको स्कुल जाने बाटो कीन्छीन्।
बरू भनोस उसको बाबू जूवाघरबाट
फर्कीनेछ भोलि र ल्याउने छ सहरबाट पोहोरको झै अर्को रमाईलो पूस्तक
वा भनोस उसकी आमा घर फिर्छे हरेक बीहान
र उसका लागी यौटा घाम लिएर आउछे।
उसले औलाले देखाओस नाम नजानेको देश वा प्रदेश
बाबू आमाको ठेगाना सोध्दा
वा देखाओस करेसावारी ,खेत ,खलिया
भेडीखर्क ,नागी,गौचरन ,वा साहुकै ऑगन।

तर कसैगरि बिन्ति !बालकले
नदेखाओस आफ्नै ऑखाको ऑशु
नदेखाओस औलाले टाढाको रित्तो क्षितिज
वा भर्खरै जून अस्ताएको डाडो
बाबूआमाको ठेगाना भनेर।