भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मलाई माफ गरिदेऊ / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मलाई माफ गरी देउ मेरा लोभी नजर
कहिं कसैमा डुबेछ भने
म त खोजि रहेछु हरेक चेहरामा
मेरी सपनाकी एक प्रियसी मायालु

उ आउँछे संधै म निदाएको बेला, अनि बस्छे मेरो छातीमा
म सोध्थें संधै मेरा पिरहरु सित, उसका मिठा मिठा भावना
मलाई माफ गरी देउ, मेरा प्रेमका कुरा, कहिं कसैमा बिझेछ भने
म त खोजि रहेछु…..

उसको आँखा र ओंठ मेरो रोड़ी घर हो, उसको छाती मेरो श्वास हो
उसको आँशु वर्षा उसको सुस्केरा शिशिर, उसको मुस्कान मेरो मधुमास
मलाई माफ गरी देउ मेरो मृगतृष्णा, कहिं कसैमा देखेछु भने
म त खोजि रहेछु…..

शब्द: नगेन्द्र थापा
संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल