भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खै के थियो, भन्नुपर्ने / गुलजार / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:03, 20 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गुलजार |अनुवादक=सुमन पो...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

खै के थियो भन्नुपर्ने
तिमीलाई भेटेर आज।
तिमी भेट्टिएकी पनि थियौ
तर, खै कुन्नी के भनेँ मैले।
 
एउटा कुरा, जुन तिमीलाई भन्छु भन्ठानेथेँ
तिमी भेटिदाँ त्यो पहिल्यै भनिसकेको हुँ जस्तो लाग्यो।
खै के थियो,
के थियो खै कुन्नि
भन्नुथ्यो तिमीलाई भेटेर आज।
 
केही यस्ता कुरा जुन भनेको छुइनँ तिमीलाई, तर
भनिसकेँ हुँला कुनैबेला जस्तो लाग्छ
तिम्रो सम्झनामा होश गुमाएको छुइनँ, तर
तिमीलाई सम्झिँदा केही बिर्सेबिर्से जस्तो हुन्छ।
 
खै के थियो,
के थियो खै कुन्नि
भन्नुथ्यो तिमीलाई भेटेर आज।