चुमेर पानाभरि यति म लेखिदिन्छु
प्रीतिका बातहरू जाने जति लेखिदिन्छु
रातभरि-भरि एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरू सबै म लेखिदिन्छु
निष्प्राण कागजका टुक्रा हेरी नमस्किदिनु
नलेख्न पर्ने पनि शायद म लेखिदिन्छु
वर्णन गरेर तिम्रो सवार्ङ्ग लेखिदिन्छु
एकछिनको निम्ति तिमीलाई उदाङ्ग देखिदिन्छु
शायद रिसाइदिन्छ्यौ , हुनसक्छ च्यातिदिन्छ्यौ
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु