भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
इशारैले लेखिदेऊ / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:25, 29 जुलाई 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=हजा...' के साथ नया पृष्ठ बनाया)
ईशारैले लेखिदेऊ कागज चाहिँदैन
मनका कुरा व्यक्त गर्न आवाज चाहिँदैन
हिजो पराई आज नजीक भोली को हो को हो
आफ्नै मनको भर हुन्न अरूको के हो के हो
मुटुको ढोका नउघारी माया लाईँदैन
मनका कुरा व्यक्त गर्न आवाज चाहिँदैन
मुस्काइदेऊ कहिलेकाहीँ आँखा जुध्दा खेरी
कहिलेकाहीँ लजाईदेऊ भेट हुँदा खेरी
त्यसै चुप बसेर मात्र मन तानिदैन
मनका कुरा व्यक्त गर्न आवाज चाहिँदैन