भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
अनाम कथा / रमेश क्षितिज
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:22, 11 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=घर...' के साथ नया पृष्ठ बनाया)
एकदम आतङ्क फैलिएको छ सहरमा
अवाक छ सेनाको बम डिस्पोजल टोली
र घण्टौंसम्म ओल्टाइपल्टाई हेरिरहेछ
एउटा मैलो झोला,
पूर्व क्षितिज नखुल्दै फरार हुने को थियो ऊ ?
सुदुर पश्चिमबाट दिवा सेवाको बस चढेर
को ओर्लेको थियो साँझमा ? कसरी काटेको थियो रात
र के देखेको थियो रातभरी सपना ?
कुन कथा बोकेको थियो उसले
र कसलाई खोज्दै हिडेको थियो यी गल्ली र चोकहरुमा
सूचनापाटी, अखबारका पाना र महानगरको भीडमा ?
अन्ततः झोलाभित्र भेटिए
केही मैला मैला कपडाहरु
र एक गाउँले युवतीको तस्वीर ।