भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
संवेदनाको हिउँ / सुदीप पाख्रिन
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:25, 16 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रीन |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)
नपग्लिएपछि
अलिकति पनि
आँखाहरुबाट संवेदनाहरुको हिउँ
नछोएपछि
छ्वास्सै पनि
ताता फलामे मुटुहरुलाई
चिसा अनुभूतिहरुका छालहरुले
आजभोलि
दिउँसै
म
नयाँसडकमा
लालटिन बालेर
कविता सुनाउन
श्रोता खोजी हिड्दैछु
एउटा हार्दिकता खोजी हिड्दैछु
पूmर्सद छैन हजुरहरुलाई ?
ठीकै छ
म
बिशालबजार अगाडि
खुला सडकमा उभिएर
ट्राफिकलाई अटेर गरेर
मेरो लेटेस्ट कविता
आज
शालिकलाई सुनाउँछु
म
मेरो कविता
जुद्ध शमशेरलाई सुनाउँछु
र,
शायद
के थाहा ?
भोलि
म
मेरो भोलिका कविता
हिटलरलाई सुनाउनेछु
नपग्लिएपछि
अलिकति पनि
आँखाहरुबाट संवेदनाहरुको हिउँ....