भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हुलिया हराइरहेछ / उदय निरौला

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:27, 22 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उदय निरौला |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पातको नाद-कानपात नाप्दै-नाप्दै वेगले हानिरहेछ
हातको हात- दिनदहाडै- दिन तम्तम्याइलो पल्टिरहेछ
पेटीको बास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ
माथि लक्ष्यको तादो नउठ्दै झ्वाट्ट चुँडिरहेछ ।

गन्तव्य अलमलिएको धमिलो दृश्य आरम्भतिर फर्किरहेछ
यात्राको अन्त्य किन आरम्भतिरै - झररिहेछ -
प्रश्न का“चो छ । मौन छ । उत्तर गौण छ ।
भारदारी चस्माभित्र आ“खा भदौको डिगो बन्दैछ
झनै-झनै थाक्रो बेगरको लहरो बाटो बिराउ“दैछ ।

उ पर सन्नाटा बीचबाट अलमल गन्तव्य लौरो बिर्सिरहेछ
घर त बूढो भएको छैन तर लाग्छ
भुइ“चालो डोर्‍याइरहेछ
अस्ितत्वको सखुवा ढल्नै-ढल्नै लागेर पो हो कि -
किन धमिरा देवल उठाइरहेछ -
दिउले च्याउको अस्ितत्व साउनले पिइरहेछ ।
चढ्नै नसकिने शिखर वर्तमानमा बाउन्ने किन बनिरहेछ -
हर्ेर्छर्ुुो प्वालबाट त्यो प्वालबाट आगन्तुक र अपरििचत
समय यो माटोमा खचाखच भररिहेछ
भ्रम हो कि - यथार्थ -
छुट्टिदैन हुलिया अलिकति पनि
छुट्टिदैन हुलिया ।
हुलिया हराइरहेछ ।