भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हुरीपछि गृहागमन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:46, 22 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


क.
मीठो, मीठो, प्यारो गन्ध प्याज लसुनको आयो !
सूघँ बडो सरसरायो !
चट्याङ्गहरुमा जन्म लिएको, प्राणवायुको बाक्लो दाना
त्रिकणी ओजोन्,
माछा, माछा गह्नायो!
स्वर्गमा आज डीनर छ !
क्रान्तिपछि ! कि ? क्या हो ?
 
ख.
देवासुरको युद्ध पछाडि
विजयको भोज छ देउताको !
शुद्धीकृत यस वसुन्धराको
स्वपना आउँछ कताकताको !
झुप्राहरु या अग्लेका,
नौनी डल्ला पग्लेका !
ठूलो कराही, माछा झुरझुर !
रोटी कुरकुर !
चम्चा काँटाहरुको सङ्गीत !
एउटा मीठो नाच्ने गीत !
“हाम्रो लङ्का–जीत !”
 
ग.
दुलही जस्ती पो छ त घुम्टो जाली डाल्ली, सजल सुस्मिता,
चन्द्रवदनी कृषिवाला यो ल्यासे जस्ती रात !
रात्रि किसान्नी, तारा पारी, नीलो सारी,
मुस्किन खोज्छे बादल उघारी !
माइती सम्झी तैपनि भारी, सुकुमारी !
अतिथि बनीकन आऊँ कि ? नानी !
तिम्रो बन्दो व्यञ्जन चाख्न,
घरमा भारी !
हवाइ तलाउको माछा ! माछा ! मसलादार !
 
घ.
पखालिएको स्वस्थ गगनमनि
चल्नु छ मानो यस याम !
कुपित क्रान्तिको कोप पछाडि
छामछुम गर्नु क्यै रचनात्मक
सुधारहरु क्यै प्रारम्भिक, स्वप्नगगनमा,
ठाम, ठाम !
 
ङ.
तर सुन ! तर सुन ! आर्कै गीत छ पृथिवीमा ए ?
टुकुचा छयाङ्ग छयाङ्ग ! मैलो टुकुचा ! निम्न स्रोत छ !
गरीबहरुको गीतसरि छ जहाँ धनीको स्वाङ्ग !
साढेसात बज्यो ए टयाङ्ग ! टयाङ्ग !
“दुःखमा अरुका मुखमा पर्छौ”
भनेर सुन हे ! गाउन लागे
प्याज, लसुनका डयाँग !
दायाँपट्टि , फेरि कन्बक्रीट ? कसको घर यो !
बुलडग ह्वाङ्ह्वाङ्?
बायाँपट्टि, कसको छानो यस्तो छ्याङ् छयाङ् ?
कुन भूसे यो ?
क्वाङ्, क्वाङ्, क्वाङ्!
 
च.
“पुग्यो यतिले ?”—
बिजुली गिल्ली !
सपना हुन गै जूनकी डल्लो ! कृषिवालाको स्वपना रल्ली !
असन्तोष डकार्छन्डाँडा, खाडी !
सडक उकालो बनेको पाउँछु !
चिसो हवाले आशा घन्क्यो !
चल्दछ निहुरी,
जिल्ली, जिल्ली
हावा बेखुश, के चम्क्यो !
 
छ.
मीठा परीले माछा भुट्छन्
वैकुण्ठभरि !
एक चिथरीले हात पसार्छे
एक पैसाको भटमास भनीकन,
भूपुत्री, बिचरी !
थुरथुर, नाङ्गीवरी !
के आश्चर्य ? मेघ गर्जन्छ !
असुरहरुका जीत रहेछ ! बास्ना आयो उनकै माछा ख’री !
देउता भोकै मरी !
प्रथम सङ्घर्ष हार रहेछ
देउताको !
बेस हो, चम्के हुरी !