भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मोहन कोइराला / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:54, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला...!

यसरी–
कतिपल्ट बिसाएँ हुँला– अडेसोमा ?

मेरो सपनाजस्तो
बगिजाने यो खोलाको पानी
कहाँ पुग्यो होला अहिले...?

कठै ! यो रुख
त्यस्सै बूढो भएछ
धेरै अघि मलाई–
यसैमा झुन्डी मरुँ लागेको थियो

बचाएको थियो– यही रुखको त्यो यौवनले
त्यसको गोलो छायाँ
अझै हिँडिरहेछ– मेरो कुमकु भएर ।
कति हिँडेँुँलाह

यो जीवनमा म कति हिँडेँ हुँला...!

मैले छोडेर आएकाहरूलाई भन्नु थियो–
मलाई लिएर आउनू !
 
मलाई छोडेर गएकाहरूलाई भन्नु थियो–
पुगेर मलाई भेट्नू !
उफ् ! यो मध्याह्न
रगत खाने तिर्खा
कति निमोठ्नु निधारका यी निमुखा पसिनाहरूलाई ?
भिज्छ– सप्पै आङ
गल्छ– गोडा
थाक्छ– आँत
मैले त नुनेसओकोर हुँ
पानीको नाला
कर्कटपाता ओसारेको हुँ– पहाडलाई
यो बाटोका धूलोहरूमा

कहाँ हराउँछन् कहाँ– मानिसका पदचिह्नहरू !

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला...!

धर्ममा मरुँ भने कर्म गरेँ
धर्र्मैको त आयु हुन्छ/ आयुको त आयु हुन्छ
हिसाब हुन्छ–
स्वर्गको कर्मको
नर्कको कर्मको
कर्मको कर्मको
छिः !
मानिसको कर्म
कतिपल्ट टेकाएँ हुँला–यो तोक्मा ?
यसरी–
सबैलाई सुनाउँछु भनेर आफैँलाई
कतिपल्ट सुनाएँ हुँला– आफ्नो गीत... ?
 
आपत्‌मा सघाउने रामलाई पनि थाहा छैन–
म कति हिँडेँ ?
विपतमा सम्हाल्ने मेरी मायालुलाई पनि थाहा छैन–
म कतिपल्ट लडेँ–लडेँ !
अरू कसलाई थाहा हुन्छ
म नरोएको मान्छेको आँसुको कथा–
कसलाई थाहा हुन्छ... ?

अहा !

कति हिँडेँ हुँला
यो जीवनमा म कति हिँडेँ हुँला...!
भारी बोकेर कविताको ।