भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
स्वभाव / विप्लव प्रतीक
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:42, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)
कुनै दिन म पनि कैदमा
एउटा आँखीझयालबाट
एक टुक्रा उज्यालो
घामसँग सुटुक्क चोरेर लिने गर्दथ]F ।
तर, आज त म निकै नजिक छु उज्यालोसँग
उज्यालोले मलाई नै छोएर हिँडिरहेछ
निथ्रुक्क नुहाएको छु म प्रकाशले
स्वाभाविकै हो मलाई काउकुती लाग्छ
कहिले उफ्रिन मन लाग्छ
कहिले खुसीले कराउन मन लाग्छ
थाहा छ मलाई
र भन्छन्मान्छेहरू
‘मात्तिनु हुन्न सुखमा र आत्तिनु हुन्न दुःखमा’
तर, मान्छेकै प्रकृतिसँग लाचार छु म
आदर्शका तलाउमा नपौडीकन
साँच्चै भन्ने हो भने
आज, म निकै चन्चल छु ।