भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लास / विप्लव प्रतीक

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:57, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बाटोको मोडमा
एउटा लास लगिँदैछ,
लास अर्थात्चिरनिद्रामा परेको एउटा मानिस ।
देख्नेबित्तिकै आफ्नो काल याद आएन
याद अर्थोक नै आयो, र विचलित भएँ म ।
त्यस शवको सपना याद आयो
मुर्दाले मर्नुअघि भोगेको यथार्थ याद आयो
त्योसँगसँगै कति सपना मरे
तर जीवनका कैयन् यथार्थ
त्योसँगसँगै् झन् गाँठो पर्दै गएको कुरा याद आयो ।
के त्यो दुःखी थियो ?
र के कारणले दुःखी थियो ?
हुन सक्छ उसको दुःख नितान्त निजी थियो
वा त्यो सामूहिक दुःख थियो
र हुन सक्छ उसको लडाइँ सामूहिक थियो
यस्तै कुरा याद आयो र लितविच भएँ म ।
के उ सुखी थियो ?
र सुखी मान्छे हुन–कस्ताके पूर्वाधार चाहिन्छन् ?
हुन सक्छ उसको सुख नितान्त केन्द्रित थियो एउटा दूलोमा
वा त्यो फैलिएको थियो परिधिभन्दा बाहिर
र हुन सक्छ उसले अरूका लागि सुख खोजिरहेको थियो ।

दौरासुरुवाल वा कछाड लगाएका मलामीहरू
गरिब र थोरै थिए
तर, मलामी हेर्दैमा मृतक साधारण
वा असाधारण कसरी थाहा लाग्न सक्छ र ?
चर्चामा थिएन होला
तर, के चर्चामा नहुँदै मानिस साधारण हुन्छ ?

....‘जाबो’ एउटा लास लगिँदैछ
र विचलित भएँ म ।