भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यात्रातृष्णा / ओकिउयामा ग्वाइन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:33, 25 अक्टूबर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= ओकिउयामा ग्वाइन |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


उडी हिंडी जान्छ-
उडी हिंडी जान्छ –
मेरो चौदिशाबाट
विश्व प्राणमा
गीतको तानमा

उन्मुखरित भएको आनन्दराशि
उन्मुक्त पवनमा ;
मैले अहो त्यसैलाई
हात पसारी पक्रन खोजेको
पक्राउ परेको यो, पृथिवीको जीवनमा ।

दिनका बेलामा-
स्वच्छ आकाशका
नीर रिक्त नौलो वारिधिमा
अभू-मेषका
शुभ्र पालका-तरणीमा
तडित्प्रवाह
बहँदै हिंडेका बहँदै हिंडेकामा
हिंढ्छन् सङ्खयाहीन यात्रीदल
जान्दिन कुन, ऐहिक तीर्गको
-अन्वेषणमा ।

त्यो दिन- ती नै यात्रीहरुले
सात्रिबेला
ताराका सभामा
चियाउँदै तल
मलाई देखाउँछन्
अवज्ञा सह ;
म बसेको थिएँ, ढल्केर
अडेस लगाई धरामा
तिनीतिर नै टकटक हेरेर
सोच्दै गरेर,
कहिले पो आउँछ, समय मेरो
धराको श्रृङ्खला छुटाई
बहँदै जाने सबैलाई नाघेर
पालविना चेतनाको
तडित्‌तरीमा !