भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सपनीमा देखेँ / दैवज्ञराज न्यौपाने
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:38, 28 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)
आज मैले तिमीलाई सपनीमा देखेँ
देखेपछि बिर्सिएन कलेजीमा लेखेँ ।
फूलै फूलको डाँलीबाट आएजस्तो लाग्यो
सँगसँगै गुन्गुनाई गाएजस्तो लाग्यो
कहाँबाट आयौ तिमी के बनेर आयौ ?
देख्तै आँखा लोलाएछन् मोहनीले छायौ ।
बोल्दै आयो वसन्तले को हो को हो ? भनी
अनि भन्यो उमङ्गले झनै के हो भनी
पहिलो प्रीति हाम्रो अझै बाँकी नै छन् कुरा
के हो भनूँ कसरी म नभैकन पूरा ।
बोलूँ भने के बोलूँ म के भनेर बोलूँ
नबोलूँ त सबै कुरा कसरी म खोलूँ ?
रूप हो कि रङ्ग के हो परेलीको छाया
मनभरि खुल्दुली छ मुटुभरि माया ।