भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"... अनुहारहरू" / सानु शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:02, 6 अक्टूबर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

छोपिएका छन्
मेरो वरिपरिका अनुहारहरू
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ ।

कुनै अनुहारले निर्लज्जतालाई
त, कुनैले आफ्नो हिंसकतालाई छोपेका छन्
कुनैले इर्ष्यालाई
र, कुनैले अहङ्कारलाई लुकाएका छन् ।

कुनैले पीडालाई लुकाएका छन्
अनुहारको हँसिलो आवरणभित्र
त, कुनैले लगभग
आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् ।

कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन्
हरेक अनुहारहरू
तर बुझिन्छन् तिनीहरू बहिरबाटै
जसरी बुझिन्छन्
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू ।

मेरो मथिङ्गललाई
हिर्काइरहन्छ एउटा प्रश्नले -
यी अनुहारहरू कुनै दिन
आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या
यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ?

००००
(कलाश्री २०८१ मा प्रकाशित)