भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

निर्झर / नरेन्द्रप्रसाद कुमाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

युग-युगदेखि युग-युगसम्म निर्झर कसरी धाइरहन्छौ ?
चिर-चिरको यो तिम्रो यात्रा भनन कहिले शेष यो गछौं।
सुधाको प्रेम-सुधाझै फुटीकन निस्क्यो अन्तरबाट
सारा प्राणी-जीवनीभित्र जीवन भर्छौ, शक्ति विराट !
नित्य निरन्तर नबसी काहीँ कत्ति नथाकी दिक्क नमानी
रत्ति नभुली पथमा आफ्नो खुरुखुरु जान्छौ सरिता सानी !
खुरुखुरु जान्छौ सुरुसुरु जान्छौ कहीँ रोडामा ठक्कर खान्छौ
धुरुधुरु रुन्छौ आँसु बगाइ नित्य यसरी नबसी जान्छौ !
कहीँ रोडामा ठक्कर लाग्छ, कहीँ धोत्रोबीच जीवन हुन्छ
कहीँ छ छाँगो भीषण अग्लो, दुःखमय पथमै जीवन बित्छ ।
यस्तो दुःखमय पथको यात्रा गर्छौ कोसित मिल्न निर्झर,
किन धावा झन् यत्रो वेगले, क्षणभर बसेर सास त फेर !
"थापिरहन्छौ जति दिनसम्म उति दिनसम्म दिइररन्छु ।“
तिम्रो प्रण यो भीषण पूर्ण गरेको देख्दा छक्क म पर्छु ।
'मैले यति दिएँ-दिएँ यथेष्ट, दिएँ भएभर, अझ लौ धेर
दिन्छु”” भनीकन प्रण गर्छौ त निर्झरकन लौ क्षणभर हेर
बगि-बगि जान्छौ, खस्तै जान्छौ, स्वाँस्वाँ गर्दै सास नफेरी
लड्दै ठक्कर खाँदै जान्छौ, कुदि-कुदि जान्छौ, गलि-गलि जान्छौ !
कति-कति धक्का पथमा खान्छौ, हुलमुल गर्दा कति चिरिन्छौ।
खस्ता छाँगाबाट त्यो उच्च क्षणभर त्यहीँ मूर्छा पर्छौ।
लड्दै ठक्कर खाँदै जान्छौ, कुदि-कुदि जान्छौ।
दायाँ-बायाँ न कतै हेर्छौ, कैले न त तिमी पछि नै फिर्छौ।
अनन्ततिर त्यो आँखा गाडी अघि नै बढ्छौ अघि नै सर्छौ,
क्षणिक सुखको निम्ति यसरी मरिमेट्नु नै जीवनसार
गरम छातिको सुख-सपनामा लायौ जीवनमा ठूलो भार ।

                                      दुःख होस् सुख होस्, सुख होस् दुःख होस्,
                                      नित्य तमाशा सुख-दुःखकै होस्,
                                      दुःख औ सुख औ तब पो जीवन,,
                                      किन नहोस् सुख नै दुःख पनि नहोस् ।
                                      पाऊँ सुख भनी गर्छौँ क्रन्दन, जानी-जानी दुःखमय विश्व,
अमावसीमा शशि-दर्शनको इच्छा गर्ने मूढ हो जीव !

..................................................
(नवप्रभात, १।२, मार्च १९८४)
(रचनाकाल २००५ अघि)