भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
प्रस्थानको तरखर / ईश्वरवल्लभ
Kavita Kosh से
					
										
					
					केही असल मानिसहरूजस्तै 
पन्छीहरू हाँगाहाँगा जम्मा हुँदै थिए 
आज, अझै त्यो पुर्बेली हावा चलेन 
सुकेको एउटा पात पनि झरेन 
हुन त मनको पीर आँधीजस्तै दुख्छ, 
त्यसैले बिर्सिदिए हुन्छ, यस्ता कुराहरू 
म अब डिलमा उभिएर हेर्छु, 
तल फेदीमा नदी आयो कि आएन, 
केही दिनअघि त्यहीँबाट त्यो नदी 
मेघ भएर आकाश गएको थियो 
त्यसैले पानी बग्न पायो कि पाएन 
समुद्र गर्जेको थियो 
किनार र फाँटहरूलाई उसले खुब हिर्काएको थियो 
माझीहरू खोइ 
आफ्ना पतवार लिएर आएका छैनन् 
यसपालि त आँधीबेहरी नै आउने भयो 
अब त घर जानुपर्छ । 
 
	
	

