भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आँखाभरि गुराँस छ / रवि प्राञ्जल
Kavita Kosh से
आँखाभरि गुराँस छ
छातीभरि पलाँस छ ।
कस्को हो पदचाप यो ?
फूललाई त्रास छ ।
नउदाऊ घाम, जून
प्रदुषित आकास छ ।
छैन केही तिमीसँग
‘गाँसबासकपास’ छ ।
तिमी सँग हैन ‘रवि’
आफैँ सँग उदास छ ।