भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो बलेको छ मुटुमा / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आगो बलेको छ मुटुमा र पनि हाँस्ने बाहानामा छु
फेरि दिऊँ कि कतै आफ्नो नाम भन्ने चाहानामा छु

जिन्दगीको नाममा सधैं के आँसु बगाइरहनु !
लिने हो कि एक, दुई चुस्की जाम भन्ने चाहानामा छु

किनवेच नहुने अहँ ! भेटिनँ मैले यो दुनियाँमा
बिक्री छु सस्तो छ है दाम भन्ने चाहानामा छु

ठगिएँ म कयौंपल्ट, लुटे मलाई सब मिलिकन
सिकेको छु कृष्णबाट छलछाम भन्ने चाहानामा छु