भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आज घटेका घटना राख/ युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बस्ती जलेको कोलाहलमा
बलात्कारीको हाहाकार
गर्भवतीका गर्भ गर्भमा
सङ्गीनका छन् क्रूर प्रहार

दियौ गौण गरी लेख्न सकेनौ
उग्र ब्यग्र यो अत्याचार
सुन्न सकेनौ किन हो तिमीले
आर्तितहरूको आर्त पुकार

अहिलेको सर्न्दर्भ नबोकी
भागेको त्यो के साहित्य
ब्यापक पीडितहरूको क्रन्दन
नभएको त्यो कस्तो कृत्य

इमानदारिता साथ कलममा
आज घटेका घटना राख
नत्र हृदयको फोहर मैला
लाख प्रयत्न गर हुन्न विमाख