भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा वर्तमान बाँच्नुको पीडा / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



एउटा वर्तमान बाँच्नुको पीडा
म रुनु र तिमी हाँस्नुको पीडा

कैदमा रहर तिम्रो र मेरो
मन त्यसै उन्मत्त ना“च्नुको पीडा

गुमाउनु सक्तैनौं तैपनि एउटा
अमीलो सपना साँच्नुको पीडा

उज्यालो त खै, देखेको छैन
अँधेरीमा रातमा बास्नुको पीडा

जोगाएर’ नि राख्नु सकेनौं
बोलेका कुरा मास्नुको पीडा