भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कविता / कालेगोव्डा नागाबारा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सुवासित प्रिय, कविता
तिमी फक्रिएकी बेला
जब बाढी उर्लिएर पोखियो
यो किनार भिज्यो र शीतल भयो।

लजालु केटो
पल्लो किनारमा उभिइरहेछ
बिचरा
व्यग्र छ अहिले उनलाई नजीक पाउन
र निरन्तर अनुनय गरिरहेछ व्याकुलताका साथ।

खै उसले केही चोर्‍यो वा चोरेन
तर बतायो उसले
जेसुकै गरी जेलिएको किन नहोस्
के कुनै चिज हुन्छ
रातोपिरो भएको मान्छेको छेउमा नपग्लिने?
के कुनै वस्तु हुन्छ पटक्कै हलचल नगर्ने?

आफैँ प्रदर्शित भयो सपनाको सर्वाधिक नवीन प्रकार

त्यसपछि फेरि तिमी फुल्यौ जब
सप्तरङ्गी मयूर नाच्यो,
र सजिलै उत्सव मनायो
गाइनेचराको गलाले।

सुन्दर आरोहीझै यसबेला
झकिझकाऊ भएर फूलहरूले
गरिरहिन् हरेकको उपहास
ती सुन्दर युवतीले।

पछ्याइरह्यो निरन्तर
सकियो मसिना चिजहरू गन्ने क्रम
त्यो निपुण युवक
वाणको धनू
पुगेर मिलनको विन्दुमा
बाँधियो कसिएर अँगालोमा
लठारियो प्रणयको चरमसम्म
र उठे, विजयी भएर
ती दुई।

त्यसरी-
तिम्रो पहिरनको किनार
र तिम्रा आँखाको डिल
एउटा छलमय जीवन
रङ्गभित्रको सौन्दर्य।

अत्यन्त कठीन
हैन त, कविता ?
सुस्केराका छालहरू
स्वप्नसंसारका पातहरू
अङ्कुरहरू र फूलहरू र सौदामिनीहरू सँगै
जन्मिएकी थियौ तिमी
सनातन आनन्दमा
र मानिसका दु:ख र कष्टहरूमा,
शीतलता बोकेकी साथी हौ तिमी
नजिक आऊ, हृदयस्पर्शी,
झट्टै आऊ यहाँ...