भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कसरी सम्झाई बुझाऊँ / कुसुम गजमेर
Kavita Kosh से
यो मुटुलाई कसरी सम्झाई बुझाऊँ
पीर यो जिन्दगानीको साहरा एउटै भयो
बिरानो यो रात सम्झना भई जाने हो
दुई मुट्ठी सास कहिले छोडी जाने हो
कसको झुठो आशा यसै लागिरहन्छ
विपना ब्यूँझे जस्तो सपना खोजिरहन्छ
जति भुलूँ भन्छु झन झन याद आउँछ
छातीभित्र सधैँ कस्तो ज्वाला जान्छ