भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कहाँबाट खोजिल्याऊँ / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कहाँबाट खोजिल्याऊँ मेरो पीडामा रुनेहरू
ढुङ्गा नै भए शायद, मेरो पीडाले छुनेहरू

खोजेर खुशी कसले पो दिन्छ र
मागेर दुःख कसले पो लिन्छ र
कहाँ लगी राखूँ मेरा वेदनालाई
भेटेर थाहा हुँदैन कति दुख्छन् दुख्नेहरू
कहाँबाट खोजिल्याऊँ मेरो पीडामा रुनेहरू

मेटेर मेटिन्न जीवनको भोगाइ
बल्झिनै रहन्छ चोटको दुखाइ
कोसँग बाँडूँ म दुखेको मनलाई
देखेर चिनिँदैनन् मनका व्यथा बुझ्नेहरू
कहाँबाट खोजिल्याऊँ मेरो पीडामा रुनेहरू