भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँमा कविताहरू १८ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अफठ्यारो हुन्छ गाउँलाई अचेल
सजिलो गरी निदाउन !

इतिहसको जेथाजस्तो
मनको जाँतामा जमानाका कुराहरू
पिँधेर पिँधेर आधारात बितिसक्दा पनि
सजिलो हुँदैन गाउँलाई
निदाउन !

समसाँझमा बलेसीँमा जूनेली
आहाल भएसक्दा पनि
हजूरआमा एक्ली बसेकी हुन्छिन्
समयको ग्ल्यामरले छोडेकी
पुरानो हिरोइनजस्ती
आज उनका स्रोता मण्डली कता हराए ?

जमानाको नयाँ नयाँ होमवर्कका
ठेलिमुन्तिर आज गाउँलाई सजिलो हुँदैन
निदाउन !