भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँमा कविताहरू ३ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बाँस फुलेदेखि यता
गाउँमा अनिकाल छ।

गाउँका बालबच्चाहरू रुँदा रुँदै सुत्छन्।
गाउँ स्तब्ध छ।
चुपचाप हुन्छ।

गाउँले कालो पैसा जानेको छैन
गाउँले कालो बजारी जानेको छैन
एकाएक गाउँमा अनिकाल पर्छ
यस अनिकालमा बिउ पनि गाउँले नै जोगाउनु पर्छ।

सजिलो छैन गाउँलाई
भोका नाङ्गा बालबच्चाहरूका अघि
बिउ जोगाउनु !

कोही बोल्दैनन् बेसी
गाउँ अहिले आफ्नो पल्टने छोराको
प्रतीक्षामा बसेको छ !