भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
घाँसको भारी / विमल गुरुङ
Kavita Kosh से
बिहानै उठ्छ्यौ मिलाउँदै कपाल
हामी बस्ने यो देश हो नेपाल
पँधेरा जान्छ्यौ गाग्री बोकि
दुखिको दिन फिर्ने छ भोलि
फाटेको गुन्यु टालेको चोली
आयो आज फेरी लाउने जोगी
बोकेर काँधमा थोत्रो झोली
देशको लागि खान्छौं हामी गोली
तिम्रो पेट छ संधै खाली
पिउँछ्यौ लोग्नेको सँधै गाली
तिमी हौ घरको कुशल माली
भएर के हुन्छ तिमी काली
डोकोमा छ घाँसको भारी
तिमी हौ घरको कुशल नारी