भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
चुप / बद्री पलिखे
Kavita Kosh से
					
										
					
					पख । 
नानु सुतेको छ 
हल्ला नगर— चुप ।
परीकथा, भूतप्रेत र दन्त्यकथा भन्दै 
थपथपाउँदै/गीत गुनगुनाउँदै
लट्ठी र हाउगुजी देखाएर 
बल्ल–बल्ल नानुलाई सुताएकी छु,
 न्यानो गरी थाङ्नामा सुतेको छ ।
कोक्रो हल्लाउँदै/लहरी गाउँदै सुताएकी छु,
सुत्न देऊ
हल्ला नगर— चुप ।
ब्युँझियो भने रुन्छ/दुःख दिन्छ 
पँधेरो गएकी छैन
छाक टार्न— चामल पैँचो माग्नु छ । 
रछ्यानमा छन्— थाल–बटुका 
सबै जुठा छन्— भ्याएकी छैन
भोक टार्न— बनिबुतो गर्न गएकी छैन । 
धेरै कामधन्दा सिध्याउनु छ,
घर लिप्नु छ/चुलो पोत्नु छ 
थुप्रै घरधन्दा थाती छ । 
पख । 
भर्खरै नानु सुतेको छ,
हल्ला नगर— चुप ।
	
	