भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी भूलमा पर्यौ / अम्बर गुरुङ
Kavita Kosh से
तिमी भूलमा पर्यौ म पनि झुक्किएँ
यो भेटघाटलाई एक संगम भनी
नलागी कतै चोट अब छुटौं हामी
मिल्दैन यहाँ दस्तुर भनी
प्यार हुन्छ त्यही जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ
हामी आवेशमा छौं धेरै नजिक नहोऊ
जुड्दैन फुटेर मन यो भने
बेहोस त अलिक हामी दुवै नै छौं
सम्हालेनौं भने हामी दुई नै गिर्छौं
तिमी टाढिदैं जाऊ हारिदैं म जान्छु
यही भेट विशाक्त कतै हुन्छ भने