भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नसंझू भन्छु तिमीलाई / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

KKGlobal}}

न सम्झुँ भन्छु तिमीलाई
नसम्झी बस्न के सक्थें ?
नहेरूँ भन्छु तिमीलाई
नहेरी बस्न के सक्थें ?

कि तिम्रो सम्झना उस्तो
कि मेरो छाती नै उस्तो
कहालिन्छ जब छाती
नधाई बस्न के सक्थें ?

खिइने छैन यो सृष्टि
दुई आँखाले हेर्दैमा
फुलेको सृष्टिको फूल
नसुँघी बस्न के सक्थें ?

छ तिम्रो सम्झना मीठो
कमलो छाती छ मेरो
जसै चस्कन्छ यो छाती
नरोई बस्न के सक्थें ?

जति सम्झ्यो उति मीठो
जता हेर्यो उतै सुन्दर
यो सुन्दर सृष्टिको गीत
नगाई बस्न के सक्थें ?