भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फागुन फुल्छ संसार सारा / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


क.
फागुन फुल्छ संसार सारा
अत्तर छिटी ऐशको ।
रङ्गमहल यो कसको होला ?
परी–रानी बैंशको ।
 
ख.
रुपको शरम लाल लाल हुन्छ
फुस्केको छाती सँभाल्न ।
चुलबुल गुलाफ–कोपिलाले
सकिन सप्को बसाल्न ।
 
ग.
लुक्ने कोशिश मोहिनीको
हावाले आधा तोडेर,
मुजुरा सब उचालिदिन्छ
बास्ना अबोला छोडेर !
 
घ.
नाइँ नाइँ गर्छे थुँगा म्रीरा
वृन्दावनलाई दोहराई ।
पुरुषले प्रकृति रँग्छ
पिचकारी क्वै छहराई ।
 

ङ प्यारको बोट छ निबुवाको, सेतो पत्ती, हरियो शूल ! शीतको दाना कसका निम्ति ? जूनलाई हो कि ? आकाशफूल ?
 

च.
 

आजको दिन छ चरी–दिलको,

सुस्काए आलुबखडा !
आरु तिम्रो लाली राम्रो,
हावा म, केको झगडा ?
 
छ.
आजको दिन हो चुच्यौलीका
चिल्लो पल्लव पर्दामा !
नझस्कन गुलाफ मानी,
केशरको दाना झर्दामा !
 
ज.
संसारको आङन पुरानोमा
यही चिर नयाँ कहानी !
दाडिम ओठ चिल्लाबाट
चिप्लिन्छ मनको सपना नि !
 
झ.
हरियो, चिल्लो रेशम लगाई
झुप्पा सुन्दर कार्चोबी ।
बैंश उभिन्छिन् फूलको हाँगा
पक्री, स्वपना मनसूबी !
 
ञ.
यै इतिहास हो जीवनको रे !
यही वृन्दावन–कहानी
टुङ्गिनसक्ने, जुगजुगभन्दा,
सुन ए ! छिरबिर ढिस्कामाथि
जूर–जलपमा बैंश–रानी !